कागेश्वरी मनोहरा-३ ब्रम्हखेलमा रहेको ऐतिहासिक ढुंगेधाराको नगर प्रमुख थापाद्धारा अनुगमन

२० जेठ २०७८ ।

कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले वडा नं.४ ब्रम्हखेलमा रहेको ऐतिहासिक ढुंगेधारा सुधारको लागि आज अनुगमन गर्नुभएको छ ।
सो ऐतिहासिक ढुंगेधारा सुधारको लागि नगरपालिकाले संरक्षण गर्ने कार्य गरिरहेको नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।
सो ढुंगेधाराको संरक्षणका लागि हाल निर्माण कार्य भैरहको छ ।
विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण र व्यवस्थापनको साथ साथै नगरपालिकाले विकास निर्माणका कामहरुलाई पनि तिब्र रुपमा सञ्चालन गरिरहेको छ ।
नगरपालिकामा भैरहेका विकास निर्माणका कामहरुको नगर प्रमुख थापाले नियमित रुपमा अनुगमन पनि गर्ने गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *