टोखा नगरपालिकाका मेयर र उपमेयरद्धारा विकास कार्यको अनुगमन

२७ जेठ २०७८ ।
टोखा नगरपालिकामा विकास निर्माणका कामहरु तिब्र रुपमा सञ्चालन भैरहेका छन् ।
विश्वभर महामारीको रुपमा कोरोना भाइरस (कोभिड १९) बाट मुलुक प्रभावित भैरहेको वर्तमान अवस्थामा पनि नगर प्रमुख प्रकाश अधिकारीको विशेष पहलमा टोखामा विकास निर्माणका कामहरु नियमित रुपमा सञ्चालन भैरहेका छन् ।

विकास निर्माणका कामहरुलाई गुणस्तरीय बनाउनका लागि नगर प्रमुख प्रकाश अधिकारी र उपप्रमुख ज्ञानमाया डंगोलले नियमित रुपमा अनुगमन पनि गरिरहनुभएको छ ।
आज टोखा नगरपालिका वडा नं.१ मा ढलान, वाल निर्माण, पहिरो नियन्त्रण र जाली वालको नगर प्रमुख अधिकारी, उपप्रमुख डंगोल र १ नं. वडाका अध्यक्ष श्रीकृष्ण अधिकारीले अनुगमन गर्नुभएको छ ।
नगर प्रमुख अधिकारी, उपप्रमुख डंगोल लगायत सम्बन्धित वडाका जनप्रतिनिधिहरु पनि वडा वडामा भएका विकास निर्माणका कामहरुको नियमित रुपमा अनुगमन गरिरहनुभएको ।
टोखा नगरपालिकाको समग्र विकास र समृद्धिका लागि आफू लगायत जनप्रतिनिधिहरु अहोरात्र लागिपरेको नगर प्रमुख प्रकाश अधिकारीले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *