कागेश्वरी मनोहरामा आज ४ सय ८ जनाले कोभिड बिरुद्धको खोप लगाए

२७ जेठ २०७८ ।

कागेश्वरी मनोहरा नगरपालिकामा आज ४ सय ८ जनाले कोभिड बिरुद्धको खोप लगाएका छन् ।
कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी नगर अस्पतालमा १ सय ५० जना, आलापोट स्वास्थ्य चौकीमा ५० जना र गोठाटार स्वास्थ्य चौकीमा २०८ जनाले खोप लगाएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।
६० बर्ष देखी ६४ बर्ष उमेर समूहका ४ सय ८ जनाले आज खोप लगाएको कागेश्वरी मनोहरा नगरपालिकाका स्वास्थ्य सह संयोजक लक्ष्मी कोइरालाले जानकारी दिनुभयो ।
यसअघि हिजो कागेश्वरी मनोहरा नगरपालिकामा १ हजार ३० जनाले खोप लगाएका थिए ।
६० बर्ष देखि ६४ बर्ष उमेर समूहका व्यक्तिहरुले मात्र यो खोप लगाउन पाउने भएकोले अन्य उमेर समूहका व्यक्तिहरुलाई खोप केन्द्रमा आउने कष्ट नगरिदिनहुन नगरपालिकाले अनुरोध गरेको स्वास्थ्य सह संयोजक कोइरालाले जानकारी दिनुभयो ।
त्यसैगरी ६५ बर्ष र सो भन्दा माथिका उमेर समूहका कोभिसिल्ड लगाएका व्यक्तिहरु लगायत अन्य उमेर समूहका व्यक्तिहरुको लागि पनि छिट्टै खोप आउने भएकोले नआत्ति सुरक्षित साथ बस्नहुन स्वास्थ्य सह संयोजक लक्ष्मी कोइरालाले जानकारी दिनुभएको छ ।