माओवादी केन्द्रका नेता बोहोरा कोभिड बिरुद्धको खोप लगाउन सहजिकरण गर्दै

२८ जेठ २०७८ ।
नेकपा माओवादी केन्द्र कागेश्वरी मनोहरा नगरपालिका ७ नं. वडा कमिटिका अध्यक्ष अमरचन्द्र बोहोराले कोभिड बिरुद्धको खोप लगाउने कार्यमा सहजिकरण गरिरहनुभएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी नगर अस्पताल खोप केन्द्रमा बोहोराले कोभिड बिरुद्धको खोप लगाउने कार्यमा सहजिकरण गरिरहनुभएको जानकारी दिनुभयो ।
छ ।
मुलपानी खोप केन्द्रमा यहि जेठ २५ गते ३ सय जना, २६ गते ४ सय २० जना र हिजो २६ गते १ सय ५० जना ६० बर्ष देखि ६४ बर्ष उमेर समूहका व्यक्तिहरुले खोप लगाएको बोहोराले जानकारी दिनुभयो ।
मुलपानी नगर अस्पतालमा सरसफाई गर्ने लगायत खोप लगाउन आउने व्यक्तिहरुलाई सहजिकरण गरी खोप कार्यक्रमलाई आफूहरुले व्यवस्थित बनाएको नेकपा माओवादी केन्द्र कागेश्वरी मनोहरा नगरपालिका ७ नं. वडा कमिटिका अध्यक्ष अमरचन्द्र बोहोराले बताउनुभएको छ ।