मुलपानी नगर अस्पताललाई शक्ति समूहद्धारा स्वास्थ्य सामाग्री सहयोग

२८ जेठ २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाको नगर अस्पताल मुलपानी नगर अस्पताललाई शक्ति समूहले स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ मा रहेको शक्ति समूहका प्रतिनिधिले आज नगर प्रमुख कृष्णहरि थापालाई सो स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

स्वास्थ्य सामाग्रीहरु नगर प्रमुख थापाले कागेश्वरी मनोहरा नगरपालिकाका कोभिड फोकल पर्शन लक्ष्मी कोइरालामार्फत् मुलपानी नगर अस्पताललाई हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा नगर प्रमुख थापाले नगर अस्पताललाई स्वास्थ्य सामाग्रीहरु सहयोग गरेकोमा शक्ति समूहलाई धन्यवाद दिनुभएको थियो ।
कागेश्वरी मनोहरा नगरबासीलाई कोभिडको संक्रमणबाट जोगाउनका लागि नगर प्रमुख थापा अहोरात्र लागिपर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *