गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

२९ जेठ २०७८ ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिम कांग्रेस नेता एवम् गण्डकी प्रदेशसभा सदस्य पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संसदमा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आव्हान गनुभएको थियो ।
प्रदेश प्रमुखले आव्हान गरेपछि कांग्रेस, माओवादी केन्द्र लगायत विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित हिजो मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो ।
मुख्यमन्त्रीमा एमाले नेता एवम् गण्डकी प्रदेशका कामचलाउ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बहुमत नभएता पनि आज दाबी पेश गर्नुभएको थियो ।
प्रदेश प्रमुखको सचिवालयले भने मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेलको मात्र दाबी परेकोले मुख्यमन्त्रीम नियुक्त गरिएको विज्ञप्ति मार्फत् जनाएको छ ।
संवैधानिक व्यवस्था अनुसार अब मुख्यमन्त्री पोखरेलले आगामी ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *