कागेश्वरी मनोहरा नगरपालिका खाद्य हरियाली शहर कार्यक्रम शुरु गर्दै

३० जेठ २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाले खाद्य हरियाली शहर कार्यक्रम शुरु गर्ने भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका र नेपाल विज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) बीच खाद्य हरियाली शहर कार्यक्रम शुरु गर्ने सम्बन्धी समझदारी पत्रमा आज हस्ताक्षर भएको छ ।
जुम मिटिङ मार्फत् समझदारी पत्रमा हस्ताक्षर गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।
कागेश्वरी मनोहरा नगरपालिकाले स्वच्छ, सफा, हराभरा बनाऔं कागेश्वरी मनोहरा भन्ने मूल नाराका साथ नगरको विकास र समृद्धिका लागि कार्य गरिरहेको नगर प्रमुख थापा बताउनुहुन्छ ।