कागेश्वरी मनोहरा न.पा.को चालु आ.ब.को हाल सम्मको आय व्यय विवरण सार्वजनिक

१ असार २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाको चालु आर्थिक बर्षको हाल सम्मको आयव्यय विवरण सार्वजनिक गरिएको छ ।
नगर प्रमुख कृष्णहरि थापाले आज नगरपालिकाको चालु आर्थिक बर्षको साउन महिनादेखि जेष्ठ मसान्तसम्मको आम्दानी र खर्च विवरण सार्वजनिक गर्नुभएको छ ।
नगरपालिकाको कूल आम्दानी १ अर्ब ५८ करोड ७७ लाख ८० हजार ४ सय ७६ रुपैंयाँ रहेको छ ।
यसमध्ये चालु खर्च ३२ करोड ६८ लाख ९४ हजार ३ सय ३ रुपैया भएको छ भने पूँजिगत खर्च ६६ करोड ५१ लाख ६६ हजार ४ सय ७७ रुपैया खर्च भएको छ ।
चालु खर्चमा ७२ दशमलब ३७ प्रतिशत र पूँजिगत खर्चमा ५१ दशमलब ३१ प्रतिशत खर्च भएको छ ।
हाल सम्मको जम्मा खर्च ९९ करोड २० लाख ६० हजार ७ सय ८१ रुपैंयाँ खर्च भएको नगर प्रमुख थापाले बताउनुभएको छ ।
५९ करोड ५७ लाख १९ हजार ६ सय ९५ रुपैंयाँ हाल नगरपालिकाको कोषमा मौज्जाद रहेको पनि नगर प्रमुख थापाले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *