टोखा नगरपालिका वडा नं.३ द्धारा ट्याक्टर बितरण

१ असार २०७८ ।
टोखा नगरपालिका वडा नं.३ ले ट्याक्टर बितरण गरेको छ ।
टोखा नगरपालिका वडा नं.३ ले आयोजना गरेको कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल र वडा नं.३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठले सो ट्याक्टरहरु कृर्षक समूहलाई बितरण गर्नुभएको थियो ।
नगर उपप्रमुख डंगोलले नगरपालिका समग्र कृषि क्षेत्रको विकास र बिस्तारका लागि लागिपरेको बताउदै कृषिको व्यवसायीकरणमा नगरपालिका लागेको बताउनुभएको थियो ।
नगर उपप्रमुख ज्ञानमाया डंगोल र वडा नं.३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठले कृर्षकहरुको हक हितका लागि नगरपालिका र वडा कार्यालय लागिपरेको बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *