शंखरापुर न.पा.को प्रशासकीय भवन निर्माणका लागि जिसस काठमाडौंसंग सम्झौता

२ असार २०७८ ।
शंखरापुर नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि जिल्ला समन्वय समिति काठमाडौं र शंखरापुर नगरपालिकाबीच सम्झौता भएको छ ।
जिल्ला समन्वय समिति काठमाडौंमा आयोजित विशेष कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौं र शंखरापुर नगरपालिकाबीच प्रशासकीय भवन निर्माण गर्ने सम्बन्धमा सम्झौता भएको थियो ।
कूल १२ करोड ५० लाख रुपैंयाँको लागतमा निर्माण हुन लागेको शंखरापुर नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि जिल्ला समन्वय समिति काठमाडौंले ७ करोड ४९ लाख रुपैंयाँ उपलब्ध गराउने जिसस काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति काठमाडौं र शंखरापुर नगरपालिकाबीच शंखरापुरको प्रशासकीय भवन निर्माणका लागि सम्झौता गर्न आयोजित कार्यक्रममा जिसस काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्य, उपप्रमुख सरिता दाहाल, जिल्ला समन्वय अधिकारी पीताम्बर अधिकारी र शाखा अधिकृत मधु अर्याल खनाल सहभागी हुनुहुन्थ्यो भने शंखरापुर नगरपालिकाको तर्फबाट नगर प्रमुख सुवर्ण श्रेष्ठ, उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
शंखरापुर नगरपालिकाको प्रशासकीय भवन निर्माणको भोलि शिलान्यास गर्ने कार्यक्रम रहेको जिल्ला समन्वय समिति काठमाडौंले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *