नेकपा एमाले कागेश्वरी नगर कमिटिद्धारा कागेश्वरी मनोहरालाई स्वास्थ्य सामाग्री सहयोग

३ असार २०७८ ।
नेकपा एमाले कागेश्वरी मनोहरा नगर कमिटिले कागेश्वरी मनोहरा नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
कागेश्वरी मनोहरा नगरपालिका थलीमा नेकपा एमाले कागेश्वरी मनोहरा नगर कमिटिको तर्फबाट सचिवालय सदस्य लेखनाथ पुडासैनीले नगर प्रमुख कृष्णहरि थापालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
सो स्वास्थ्य सामाग्रीहरु नगर प्रमुख थापाले स्वास्थ्य सह संयोजक एवम् कोभिड फोकल पर्शन लक्ष्मी कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा नगर प्रमुख थापाले स्वास्थ्य सामाग्रीहरु सहयोग गरेकोमा नेकपा एमाले कागेश्वरी मनोहरा नगर कमिटिलाई धन्यवाद दिनुभएको थियो ।
नेकपा एमाले कागेश्वरी मनोहरा नगर कमिटिले पिपीई सेट, सर्जिकल मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु कागेश्वरी मनोहरा नगरपालिकालाई सहयोग गरेकोमा उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, नगर प्रवक्ता राजाराम पुडासैनी, सल्लाहकार भरत फुयाँल र स्वास्थ्य सह संयोजक एवम् कोभिड फोकल पर्शन लक्ष्मी कोइरालाले पनि धन्यवाद दिनुभएको थियो ।
कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापा, उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, नगर प्रवक्ता राजाराम पुडासैनी, सल्लाहकार भरत फुयाँल र स्वास्थ्य सह संयोजक एवम् कोभिड फोकल पर्शन लक्ष्मी कोइरालाको उपस्थितिमा सो कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *