कागेश्वरी मनोहरा नगरपालिकाद्धारा मेलम्ची र हेलम्बुलाई १०।१० लाख सहयोग

३ असार २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाले बाढिबाट प्रभावित सिन्धुपाल्चोक जिल्लाका मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई सहयोग गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा आज बसेको नगरपालिकाको बैठकले यहि असार १ गते मेलम्ची र हेलम्बुमा अबिरल बर्षाबाट आएको बाढिले ठूलो मात्रामा धनजनको क्षति पुर्याएकोमा दुःख व्यक्त गर्दै मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई राहत स्वरुप १०।१० लाखका दरले सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।
यहि असार १ गते मेलम्ची खोला तथा इन्द्रावति नदिमा आएको बाढिले मेलम्ची र हेलम्बुमा ठूलो मात्रामा धनजनको क्षति पुर्याएको छ ।
बैठकले प्राकृतिक प्रकोपबाट घाइते भएकाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृत्यु भएका दिवंगत व्यक्तिहरुप्रति श्रदाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको नगर प्रवक्ता राजाराम पुडासैनीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *