टोखा नगर प्रमुख अधिकारीद्धारा १० नं. वडाका कोभिड प्रभावितलाई राहत बितरण

४ असार २०७८ ।
टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले वडा नं.१० मा कोभिडबाट प्रभावित भएका नगरबासीहरुलाई राहत बितरण गर्नुभएको छ ।
कोही पनि नगरबासीहरुलाई भोकै नराख्ने टोखा नगरपालिकाको नीति अनुसार राहत बितरण गरिएको नगर प्रमुख अधिकारीले बताउनुभयो ।
टोखा नगरपालिकाले सबै नगरबासीहरुलाई सरल, सहज र प्रभावकारी रुपले स्वास्थ्य सेवा उपलब्ध गराइरहेको बताउदै नगर प्रमुख प्रकाश अधिकारीले कोभिडको रोकथाम, नियन्त्रण र व्यवस्थाका लागि आफूले अहोरात्र कार्य गरेका कारण टोखामा कोभिडको प्रभाव कम गर्न सफल भएको बताउनुभएको छ ।
नगर प्रमुख अधिकारीले टोखा नगरपालिकाले कोभिडको रोकथाम, नियन्त्रण र व्यवस्थापनको सथ साथै शिक्षा, स्वास्थ्य लगायत पूर्वाधार विकास, समाजिक विकास, आर्थिक विकास, पर्यटन प्रवद्र्धन, स्थानीय कला संस्कृतिको संरक्षण लगायतका क्षेत्रलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउनुभएको छ ।
नगरपालिकाले आगामी बर्षको नीति तथा कार्यक्रममा नगरको समग्र विकास र समृद्धि हुने खालका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिइने बताउदै नगरबासीलाई प्रत्यक्ष राहत पुग्ने खालका योजनाहरुलाई विशेष प्राथमिकतामा राखिने पनि बताउनुभएको छ ।
कार्यक्रममा टोखा नगरपालिका वडा नं.१० का वडा अध्यक्ष मधुसुदन पाण्डेले वडा कार्यालयले कोभिडबाट प्रभावित वडाबासीहरुलाई राहत बितरण गरिरहेको बताउदै कोहि पनि वडाबासीलई खानका लागि समस्या नहोस् भनेर वडा कार्यालयको समन्वयमा नगरपालिका र दाताहरुको सहयोगमा राहत बितरण गरिएको बताउनुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख अधिकारी र वडा अध्यक्ष पाण्डेले राहत बितरणका लागि सहयोग गर्ने दाताहरुलाई धन्यवाद पनि दिनुभएको थियो ।
राहत बितरण कार्यक्रममा टोखा नगरपालिका वडा नं.१० का जनप्रतिनिधिहरु, कर्मचारीहरु र वडाबासीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *