न्यू टुलिप्स स्कुलद्धारा कोभिडबाट प्रभावित विद्यार्थीहरुलाई राहत वितरण

४ असार २०७८ ।
न्यू टुलिप्स स्कुल कोटेश्वर काठमाडौंले विद्यालयमा अध्ययनरत् कोभिडबाट प्रभावित विद्यार्थीहरुलाई राहत वितरण गरेको छ ।
न्यू टुलिप्स स्कुलले आज विद्यालय प्रांगणमा आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका उपप्रमुख सरिता दाहाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमनाथ अर्यालले विद्यालयमा अध्ययनरत कोभिडबाट प्रभावित बालबालिकाहरुलाई राहत वितरण गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य होमनाथ बराल, सल्लाहकार गोपाल रायमाझी, प्रिन्सिपल मीना अर्याल र सूर्यकोट टोल सुधार समितिका का.बा.अध्यक्ष मनोज शाहले पनि न्यू टुलिप्स स्कूलमा अध्ययनरत् कोभिडबाट प्रभावित बालबालिकाहरुलाई राहत वितरण गर्नुभएको थियो ।

इक्फोन नामक संस्थाको आर्थिक सहयोगमा ५० जना विद्यार्थीहरुलाई रु.५ हजारका दरले सहयोग गरिएको थियो ।
सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै जिल्ला समन्वय समिति काठमाडौंका उपप्रमुख सरिता दाहालले कोभिडको वर्तमान संकटपूर्ण अवस्थामा विद्यालयले कोभिडबाट प्रभावित बालबालिकाहरुलाई राहत वितरण गरेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमनाथ अर्याल र प्रिन्सिपल मीना अर्याललाई विशेष धन्यवाद् दिनुभएको थियो ।
विद्यालयबाट विद्यार्थीको शैक्षिक विकासका लागि भएका कार्यहरुको प्रशंशा गर्नुहुदै विद्यालयको समग्र विकास र व्यवस्थापनका लागि आफूले सक्दो पहल गर्ने पनि बताउनुभएको थियो ।
न्यू टुलिप्स स्कुलमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक विकास र गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा आफूहरु लागिपरेको विद्यालयका अध्यक्ष होमनाथ अर्याल बताउनुहुन्छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमनाथ अर्याल, सदस्य होमनाथ बराल, सल्लाहकार गोपाल रायमाझी, प्रिन्सिपल मीना अर्याल र सूर्यकोट टोल सुधार समितिका का.बा.अध्यक्ष मनोज शाहले कोभिडबाट प्रभावित बालबालिकाहरु कोही भोकै नपरुन भन्ने उद्देश्यले राहत बितरण गरिएको बताउदै गत बर्ष पनि विद्यालयले कोभिड प्रभावित बालबालिकाहरुलाई राहत वितरण गरेको बताउनुभएको थियो ।
न्यू टुलिप्स स्कुल शैक्षिक गुठीको रुपमा २०५५ सालमा स्थापना गरिएको थियो ।
हाल न्यू टुलिप्स स्कुलमा ४ सय बढि आर्थिक रुपमा पछि परेका बालबालिकाहरु अध्ययनरत् रहेका छन् ।
विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) महामारीको कारणले न्यू टुलिप्स स्कूल पनि २०७६ चैत्रबाट प्रभावित भएको छ ।
जिल्ला समन्वय समिति काठमाडौंका उपप्रमुख एवम् न्यू टुलिप्स स्कुल व्यवस्थापन समितिका सदस्य सरिता दाहाल शुरु देखि नैं विद्यालयको समग्र विकास, व्यवस्थापन र दिगोपनाका लागि सक्रिय भएर लागिपर्नुभएको छ ।
बालबालिकाहरुको ज्ञान आर्जन गर्ने काम बन्द गर्नुहुदैन भन्ने उद्देश्यले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई हाल भर्चुअल माध्ययमबाट अध्यापन गराउने कार्य नियमितरुपमा सञ्चालन भैरहेको विद्यालयका अध्यक्ष होमनाथ अर्यालले जानकारी दिनुभयो ।
न्यू टुलिप्स स्कूलले आर्थिक रुपमा अत्यन्तै पछि परेका बालबालिकाहरुलाई मोबाइल फोन, पाठ्यपुस्तक र टेलिफोन रिचार्ज कार्ड पनि उपलब्ध गराई उनीहरुको पढाइमा सहयोग पुयाउदै आएको अध्यक्ष अर्यालले जानकारी दिनभयो ।
कोभिड १९ बाट अन्य क्षेत्रका मानिसहरुलाई जस्तै यस विद्यालयमा पढ्ने बालबालिकाका अभिभावकहरुसमेत अत्यन्तै मारमा परी हातमुख जोर्न समेत समस्या परेकोेले शारीरिक परिश्रम गरी जिविकोपार्जन गर्ने परिवारलाई पनि विद्यालयले राहत वितरण गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *