कागेश्वरी मनोहरा नगरपालिकाको नगर सभा भोलि देखी शुरु हुँदै

६ असार २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाको नगर सभा भोलिदेखी शुरु हुने भएको छ । नगर सभा भोलिदेखी शुरु भएर यहि असार १० गते सम्पन्न हुनेछ ।
नगर सभाको सम्पूर्ण तयारी पुरा भएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।
नगर सभामा आगामी आर्थिक बर्ष २०७८।०७९ का लागि २ अर्ब ३ करोड ७६ लाख ९२ हजार ९२ रुपैयाँको प्रस्तावित बजेट पेश गरिने छ ।
यसअघि नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा हिजो बसेको नगर कार्यपालिकाको बैठकले आगामी आर्थिक बर्ष २०७८।०७९ का लागि चालु तर्फ ४७ करोड ५२ लाख ५९ हजार र पूँजिगत तर्फ १ अर्ब ५६ करोड २४ लाख ३३ हजार ९२ रुपैयाँ गरी जम्मा २ अर्ब ३ करोड ७६ लाख ९२ हजार ९२ रुपैयाँको बजेट नगर सभामा पेश गर्ने निर्णय गरेको थियो ।
नगर सभामा विभिन्न विषयगत शाखाहरुबाट पेश हुने कार्यक्रम र बिगतका बर्षहरुमा नगर सभाबाट पारित भई कार्यान्वयनमा रहेका कार्यक्रमलाई समेटी विनियोजन बजेटका आधारमा नीति तथा कार्यक्रम अनुमोदनका पेश गरिने छ ।
नगर प्रमुख थापाका अनुसार लेखा समिति, न्यायिक समिति र विधायन समितिका नगर कार्यपालिकामा पेश भएका प्रतिवेदनहरु अनुमोदनका लागि नगर सभामा पेश गरिने छ ।
कागेश्वरी मनोहरा नगरपालिकाले स्वच्छ सफा हराभरा, बनाऔं कागेश्वरी मनोहरा भन्ने मूल नाराका साथ समग्र नगरको विकास र समृद्धिका लागि कार्य गरिरहेको नगर प्रमुख कृष्णहरि थापाले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *