जिसस महासंघको प्रवक्तामा जिसस काठमाडौंका प्रमुख शिवसुन्दर राजबैद्य

६ माघ २०७८ ।

जिल्ला समन्वय समिति महासंघको प्रवक्तामा जिसस काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्य चयन हुनुभएको छ ।
महासंघको कार्य समिति दोस्रो बैठकले जिसस काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यलाई महासंघको प्रवक्तामा सर्वसम्मत रुपमा चयन गरेको हो ।
जिससको समग्र सुधार र व्यवस्थापनका लागि जिसस प्रमुख राजवैद्य विगत लामो समयदेखी सक्रिय भएर लाग्नुभएको छ ।
त्यसैगरी बैठकले जिसस तनहुका प्रमुख शान्तिरमण वाग्लेलाई महासंघको उपाध्यक्षमा सर्वसम्मत रुपमा चयन गरिएको महासंघले जनाएको छ ।