कागेश्वरी मनोहराद्धारा बाढि प्रभावित मेलम्ची र हेलम्बुलाई १०।१० लाखको चेक हस्तान्तरण

७ असार २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाले बाढिबाट प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई १०।१० लाखको चेक हस्तान्तरण गरेको छ ।
कागेश्वरी मनोहरा नगरपालिका थलिमा आयोजित कार्यक्रममा नगर प्रमुख कृष्णहरि थापाले बाढिबाट प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीय तहहरु मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका प्रतिनिधिलाई १०।१० लाखको चेक हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरम मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई स्वास्थ्य सामाग्री पनि प्रदान गरिएको थियो ।
सो अवसरमा उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञावली, वडा नं.६ का वडा अध्यक्ष प्रकाश फुयाँल, स्वास्थ्य सह संयोजक लक्ष्मी कोइराला, लेखा अधिकृत बालकृष्ण दाहाल, जिन्सी शाखा प्रमुख रामेश्वर दाहाल लगायतको उपस्थिति रहेको थियो ।
कागेश्वरी मनोहरा नगरपालिकाको यहि असार ३ गते बसेको नगर कार्यपालिका बैठकले यहि असार १ गते मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा अबिरल बर्षाबाट आएको बाढिले ठूलो मात्रामा धनजनको क्षति पुर्याएकोमा दुःख व्यक्त गर्दै राहत स्वरुप १०।१० लाख रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *