फोहरमैला व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रम चितवनमा सम्पन्न

१० माघ २०७८ ।

फोहरमैला व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रम चितवनमा सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले फोहरमैला व्यवस्थापन कार्य राजधानी काठमाडौं लगायत मुलुकको साझा समस्या भएको बताउदै फोहरमैला व्यवस्थापनलाई विशेष प्राथमिकता दिएर सरोकारवाला निकायहरुले सहकार्य र समन्वय गरेर कार्य गर्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा फोहरमैला व्यवस्थापन गर्दा अपनाउनुपर्ने रणनीतिहरु, आगामी दिनमा गर्नुपर्ने कार्यहरु लगायत फोहरमैला व्यवस्थापनको समग्र अवस्थाका सम्बन्धमा छलफल भएको जिसस काठमाडौंका प्रमुख राजवैद्यले जानकारी दिनुभयो ।

कार्यक्रममा जिसस काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्य लगायत जिसस चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटी, रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन, कालिका नगरपालिकाका नगर प्रमुख खुम नारायण श्रेष्ठ, राप्ती नगरपालिकाका नगर प्रमुख प्रभा बराल, खैरनी नगरपालिकाका नगर प्रमुख लालमणी चौधरी लगायतको सहभागिता रहेको थियो ।