टोखा नगरपालिकाले बाढि प्रभावित मेलम्ची र हेलम्बुलाई २० लाख सहयोग गर्ने

८ असार २०८ ।
टोखा नगरपालिकाले बाढिबाट प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीय तहहरु मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

नगर प्रमुख प्रकाश अधिकारीले बाढिबाट प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई टोखा नगरपालिकाले राहत स्वरुप २० लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिनुभयो ।                                   यहि असार १ गते मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा अबिरल बर्षाबाट आएको बाढिले ठूलो मात्रामा धनजनको क्षति पुर्याएकोमा नगर प्रमुख अधिकारीले दुःख व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *