कागेश्वरी मनोहराका विभिन्न वडाहरुमा सिप विकास तालिम सञ्चालन

१५ असार २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाले विभिन्न वडाहरुमा सिप विकास तालिमहरु हाल सञ्चालन गरिरहेको छ ।
महिलाहरुलाई आत्मनिर्भर बनाई आर्थिक रुपमा सवल र सक्षम बनाउन तथा स्वरोजगार र उद्यमशिल बनाउने उद्देश्यले विभिन्न वडाहरुमा सिप विकास तालिमहरु सञ्चालन गरिएको कागेश्वरी मनोहरा नगरपालिकाले नगर प्रमुख कृष्णहरि थापाले बताउनुभएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाका १ देखी ९ वडा सम्मै सिपमूलक तालिमहरु हाल सञ्चालन भैरहेका छन् ।
केही वडाहरुमा सिपमूलक तालिमहरु सम्पन्न भैसकेका छन् भने केही वडाहरुमा हाल सञ्चालन भैरहेका छन् ।
उपप्रमुख बिन्दु पुडासैनी सिम्खडाले तालिममा सहभागीहरुलाई तालिमबाट सिकेको सिपलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं.१ मा बेकरी बनाउने तालिम सञ्चालन भैरहेको छ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ मा अचार बनाउने तालिम सञ्चालन भैरहेको छ ।
त्यसैगरी कागेश्वरी मनोहरा नगरपालिका वडा नं.३ मा सञ्चालन भएको च्याउ खेती तालिम सम्पन्न भएको छ ।
त्यसैगरी कागेश्वरी मनोहरा नगरपालिका वडा नं.४ मा साबुन बनाउने तालिम सञ्चालन भैरहेको छ ।
त्यसैगरी कागेश्वरी मनोहरा नगरपालिका वडा नं.६ मा सञ्चालन भएको च्याउ खेती तालिम सम्पन्न भएको छ ।
हाल सञ्चालन भैरहेको सो तालिमको कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु पुडासैनी सिम्खडाले नियमित रुपमा अनुगमन गरिरहनुभएको छ ।
तालिमलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गरिएको नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख अनिता तामाङले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *