काठमाडौंको टोखामा धान दिवस मनाइयो

१५ असार २०७८ ।
काठमाडौंको टोखा नगरपालिकामा धान दिवस मनाइएको छ ।
टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी र उपप्रमुख ज्ञानमाया डंगोलको उपस्थितिमा धान दिवस मनाइएको हो ।
धान दिवसको अवसरमा टोखामा आयोजित कार्यक्रममा नगर प्रमुख अधिकारी र उपप्रमुख डंगोलले धान रोप्दै किसानहरुलाई धान दिवसको शुभकामना दिनुभएको थियो ।

सो अवसरमा टोखा नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य, वडा अध्यक्ष नरोत्तम राना, साहित्यकार रेणु अधिकारी (मौनता) लगायत किसानहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *