कागेश्वरी मनोहरा नगरपालिकाको प्रशासकीय भवनको अनुगमन

१६ असार २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाको हाल निर्माणाधिन भवनको आज अनुगमन गरिएको छ ।
जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्य, कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापा, जिल्ला समन्वय समिति काठमाडौंका उपप्रमुख सरिता दाहाल, कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, जिल्ला समन्वय समिति काठमाडौंका जिल्ला समन्वय अधिकारी पीताम्बर अधिकारी, कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रवक्ता राजाराम पुडासैनी, इन्जिनियर सन्देश ढकाल लगायतले आज नगरपालिकाको प्रशासकीय भवनको अनुगमन गर्नुभएको हो ।
अनगुगमनका क्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले भवन निर्माण कार्य हाल तिब्र गतिमा भैरहेकोले तोकिएको समय अगावै भवन निर्माण कार्य सम्पन्न गर्ने उद्देश्यका साथ आफूले नियमित रुपमा अनुगमन गर्दै आएको बताउनुभएको थियो ।
सो अवसरमा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्य, उपप्रमुख सरिता दाहाल र जिल्ला समन्वय अधिकारी पीताम्बर अधिकारीले भवन निर्माण कार्य सन्तोषजनक रुपमा भैरहेको बताउदै तोकिएकै समयमा भवन निर्माण कार्य सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा जिल्ला समन्वय समितिका पदाधिकारीहरुलाई भवन निर्माणका बारेमा इन्जिनियर सन्देश ढकालले जानकारी गराउनुभएको थियो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *