कागेश्वरी मनोहरामा भूमि सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

१७ असार २०७८ ।
भूमि सम्बन्धी समस्या समाधान आयोग काठमाडौंले कागेश्वरी मनोहरा नगरपालिकामा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा भूमि सम्बन्धी समस्या समाधान आयोग काठमाडौंका अध्यक्ष रामशरण ढुंगानाले आयोगले हाल गरिरहेका र आगामी दिनमा गर्न लागेका कार्यहरुको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले नगरपालिका भूमि सम्बन्धी आयोगका गरेका कार्यहरुलाई सफल बनाई सुकुम्बासी समस्या समाधानका लागि सक्दो पहल गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका जिल्ला समन्वय अधिकारी पीताम्बर अधिकारीले आयोगले काठमाडौंका सबै नगरपालिकाहरुसंग सम्झौता गरी भूमि सम्बन्धी समस्या समाधानका लागि वडास्तरबाटै कार्य आरम्भ गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञावलीले नगरपालिकाले भूमि सम्बन्धी समस्या समाधान आयोगका कार्यहरुलाई सक्दो सहयोग गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा र भूमि सम्बन्धी समस्या समाधान आयोग काठमाडौंका सदस्य सत्यनारायण डंगोलले आयोगका कामकारवाही र स्थानीय पालिकाहरुले गर्नुपर्ने कार्यहरुको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका वडा अध्यक्षहरु, विभिन्न शाखाका प्रमुखहरु, वडा सचिवहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *