एमालेलाई एकताबद्ध बनाउन माग गर्दै एमाले निकट जनप्रतिनिधि सडकमा

१९ असार २०७८ ।

नेकपा एमालेलाई एकताबद्ध बनाउन माग गर्दै एमाले निकट स्थानीय तहका जनप्रतिनिधिहरु सडकमा निस्किएका छन् ।
बर्षात्को कुनै प्रभाव नगरी एमाले एकताबद्ध बनाउन माग गर्दै एमाले चन्द्रागिरि नगरपालिकाका एमाले निकट जनप्रतिनिधिहरु काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित गुर्जुधारामा सकडमै भेला भई नेतृत्वलाई खवरदारी गरेका हुन् ।
सो अवसरमा चन्द्रागिरि नगरपालिकाका नगर प्रवक्ता हरिभक्त महर्जन लगायत जनप्रतिनिधिहरुले मुलुकलाई जोगाउनका लागि पनि एमालको एकता अपरिहार्य भएको बताउनुभएको थियो ।
सो अवसरमा जनप्रतिनिधिहरुले समृद्धिको लागि एमालेको अपरिहार्यता, सिंगो नेकपा एमाले आजको आवश्यक्ता भन्दै नाराबाजी गरेका थिए ।
त्यसैगरी जनप्रतिनिधिहरुले पार्टी फुटाउन पाइदैन, नेकपा एमाले जिन्दाबाद, जनताको बहुदलीय जनबाद लगायतका नारा पनि लगाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *