कागेश्वरी मनोहरा न.पा.का मेयरद्धारा विकास निर्माणका कामको अनुगमन

२१ असार २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकामा विकास निर्माणका कामहरु हाल तिब्र रुपमा भैरहेका छन् ।
विकास निर्माणका कामको नगर प्रमुख कृष्णहरि थापाले नियमित रुपम अनुगमन गरिरहनुभएको छ
नगर प्रमुख थापाले नगरपालिकाका विभिन्न वडाहरुमा भैरहेका विकास निर्माणका कामहरुको अनुगमन गरिरहनुभएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकामा वडा नं. १ देखी ९ सम्मै हाल विकास निर्माण कार्य तिब्र रुपमा सञ्चालन भैरहेका छन् ।
नगर प्रमुख थापाले नगरपालिकाको हाल निर्माणाधिन प्रशासकीय भवनको निर्माण कार्यलाई छिटो भन्दा छिटो सम्पन्न गर्नका लागि नियमित रुपमा अनुगमन गर्ने गर्नुभएको छ ।
विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) बाट मुलुक प्रभावित भैरहेको अवस्थामा पनि नगर प्रमुख थापाको सक्रियतामा कागेश्वरी मनोहरा नगरपालिकामा विकास निर्माणका कार्यहरु तिब्र रुपमा सञ्चालन भैरहेका छन् ।
नगर प्रमुख थापाले नगरको वडा नं.५ मा निर्माणाधिन कान्ति भैरब माध्यमिक विद्यालयको भवन निर्माण कार्यको पनि अनुगमन गरिरनुभएको छ ।
नगरपालिकामा भैरहेका विकास निर्माणका कामलाई गुणस्तरीय बनाउनका लागि अनुगमनमा नगर उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, नगर प्रवक्ता रजाराम पुडासैनी लगायत वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु र नगर सदस्यहरु र उपभोक्ता समितिका सदस्यहरु पनि जाने गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *