कागेश्वरी मनोहरा वडा नं.७ द्वारा ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

२५ असार २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ ले वडाका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले ज्येष्ठ नागरिकहरुलाई सम्मान तथा स्वास्थ्य शिविर कार्यक्रमको ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ ले वडाका ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा नगर प्रमुख कृष्णहरि थापाले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नुभएको थियो ।
त्यसैगरी कार्यक्रममा नगर प्रमुख थापा, उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, ७ नं.वडाका वडा अध्यक्ष जीवन थापा, वडा सदस्यहरु सहदेव कार्की, लक्ष्मण पुरी र शर्मिला कार्कीले संयुक्त रुपमा ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नुभएको थियो ।
सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै नगर प्रमुख थापाले ज्येष्ठ नागरिकहरुको हक हिंतका लागि नगरपालिकाले आवश्यक कार्य गरिरहेको बताउदै नगरपालिका महिला, बालबालिका, ज्येष्ठ नागरिक लगायतको हक अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख थापाले नगरबासीहरुलाई सरल, सहज र प्रभावकारी रुपले नगरपालिकाले स्वास्थ्य सेवा प्रवाह गरिरहेको बताउदै नगरको समग्र विकास र समृद्धिका लागि आफू अहोरात्र लागिपरेको पनि बताउनुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ का वडा अध्यक्ष जीवन थापाले वडाबासी ज्येष्ठ नागरिकहरुलाई वडा कार्यालयले सक्दो सहयोग गरिरहेको बताउदै वडाको स्रोत र साधनले भ्याएसम्म ज्येष्ठ नागरिकहरुलाई हरलिक्स, लठ्ठी र यातायात खर्च उपलब्ध गराई सम्मान गरेको बताउनुभएको थियो ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ का वडा सदस्य शर्मिला कार्की थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, नगर कार्यपालिका सदस्य बिन्दा राई, वडा सदस्यहरु सहदेव कार्की र लक्ष्मण पुरी, स्वास्थ्य सहसंयोजक लक्ष्मी कोइराला, महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख अनिता तामाङ लगायत वडा नं.७ कर्मचारीहरु र ज्येष्ठ नागरिकहरु तथा वडाबासी ज्येष्ठ नागरिकका परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन ७ नं.वडाका वडा सचिव श्रुति नेपालले गर्नुभएको थियो ।
कार्यक्रममा ८० बर्ष उमेर पुरा भएका ज्येष्ठ नागरिकहरुलाई वडा कार्यालयको तर्फबाट हरलिक्स, लठ्ठी र यातायात खर्च उपलब्ध गराइएको वडा अध्यक्ष जीवन थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा वडाबासी ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण पनि गरिएको थियो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *