धौवादी फलाम खानीको सम्भाव्यता अध्ययन गरिदै

२६ असार २०७८ ।
धौवादी फलाम कम्पनी नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालित कम्पनी हो । कम्पनीले धौवादी फलाम खानीको सम्भाव्यता अध्ययन र परियोजना प्रतिवेदन तयार गर्न आवश्यक डेटा संकलन लगायतका कार्यहरु गरिरहेको छ ।
धौवादी फलाम खानीको सम्भाव्यता अध्ययन र परियोजना प्रतिवेदन तयार पार्नका लागि अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी छनोट गरेको छ ।
बोलपत्रमा आवेदन दिएका ११ वटा परामर्श कम्पनी मध्ये ६ वटा कम्पनीलाई छनोट गरिएको धौवादी फलाम कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा.जनक चन्दले जानकारी दिनुभयो ।
धौवादी फलाम कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा.चन्दका अनुसार भारतको एमएन डस्टर एण्ड कम्पनीरमाइनिङ सर्भिस इण्डिया र मेकन लिमिटेड, चिनको क्यापिटल इन्जिनियरिङ एण्ड रिसर्च इनकर्पोरेशन र सान्डोङ जियो सर्भिसिङ एण्ड म्यापिङ इन्टिच्यूड, दक्षिण अफ्रिकाको फ्लुरसा लिमिटेड तथा अष्ट्रियाको हन्स बेसिन्गर कन्सल्टेन्सीरएक्सक्लुटिभ कन्सल्टिङ इन्जिनियरिङ एण्ड प्लानर प्रा.लि.छनोट भएका छन् ।
बोलपत्रको माध्ययमबाट छनोट भएका कम्पनीहरुसंग सम्झौता गरी कार्य अगाढि बढाउनका लागि आवश्यक कार्य भैरहेको प्रमुख कार्यकारी अधिकृत डा.चन्दले जानकारी दिनुभयो ।
यसरी छनोट भएका कम्पनीहरुले नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिकाको नाम्जाकोटदेखी धौवादीसम्म करिब १ सय ६० बर्ग किलोमिटर क्षेत्रमा रहेको धौवादी फलाम खानीको समग्र पक्षको अध्ययन गरि कम्पनीलाई प्रतिवेदन दिनेछन् ।
धौवादी फलाम खानीको भण्डारमा १० करोड टन फलाम रहेको अनुमान गरिएको प्रमुख कार्यकारी अधिकृत डा.चन्द बताउनुहुन्छ ।
हाल फलाम खानीमा ड्रिलिङ पार्ने कार्य भैरहेको छ ।
पोखरी क्षेत्रमा दुई र धौवादी क्षेत्रमा तीन ठाउँमा ड्रिलिङ पार्ने कार्य हाल भैरहेको प्रमुख कार्यकारी अधिकृत डा.चन्दले जानकारी दिनुभयो ।
पोखरी क्षेत्रमा र धौवादी क्षेत्रमा गरिएको ड्रिलिङ क्षेत्रबाट संकलित करिब ३ सय वटा स्याम्पलको खानी विभागको प्रयोगशालामा परिक्षण भैरहेको प्रमुख कार्यकारी अधिकृत डा.चन्दले जानकारी दिनुभयो ।
यो परिक्षणपछी खानी क्षेत्रमा फलामको मात्रा र भण्डारणबारे स्पष्ट थाहा हुने धौवादी फलाम कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा.जनक चन्दले बताउनुभएको छ ।
यसअघि नैं चीनको साउथ वेष्ट मेटलोजिकल एण्ड जियोलोजिकल टेस्टिङ सेन्टरले गरेको परीक्षणमा धौवादी क्षेत्रमा फलाम उत्पादन गर्न सकिने प्रतिवेदन खानी विभागलाई बुझाइएको थियो ।
धौवादी फलाम खानीलाई व्यवस्थित र चुस्त रुपमा सञ्चालन गर्नका लागि कम्पनीले नेपाल सरकार लगायत सरोकारवाला निकायहरुसंग समन्वय गरेर कार्य गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा.चन्दले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *