पत्रकार आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाको जोड

२७ असार २०७८ ।
सरोकारवालाहरुले पत्रकार आचार संहिताको प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले स्वास्थ्य संकटमा पत्रकार आचार संहिता कार्यान्वयन विषयक काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवाला निकायका पदाधिकारी तथा प्रतिनिधिहरुले पत्रकार आचार संहिताको प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभएको हो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल, सल्लाहकार निर्मला शर्मा, पूर्व अध्यक्ष धर्मेन्द्र झा, वरिष्ठ पत्रकार हरि बहादुर थापा लगायतले पत्रकार आचार संहिताको प्रभावकारी कार्यान्वयनमा पत्रकार महासंघ र प्रेस काउन्सिलले समन्वय गरेर कार्य गर्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्व अध्यक्ष धर्मेन्द्र झाले पत्रकार आचार संहिता सरकारी निकायले नभएर पत्रकार स्वयम्ले पालना गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा उहाँहरुले विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) का कारण सबैभन्दा बढि संचार क्षेत्र र श्रमजिवी पत्रकार प्रभावित भएकोले सञ्चार क्षेत्र र पत्रकारहरुको लागि राहतमूलक कार्यक्रम सञ्चालन गरिनुपर्ने पनि बताउनुभएको थियो ।
नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उहाँहरुले स्वास्थ्य संकटमा पत्रकार आचार संहिताको कार्यान्वयनलाई प्रभावकारी बनाई खोजमूलक र जनसरोकारका मुद्धाहरुलाई पत्रकारले प्राथमिकता दिनुपर्ने पनि बताउनुभएको थियो ।
पत्रकारितामा धेरै राजनीति भएकोले पत्रकारले राजनीति नगरी पेशगत काममा ध्यान दिनुपर्ने उहाँहरुको भनाई थियो ।
कोभिडका कारण पत्रकारहरु पेशाबाट समेत बञ्चित हुनुपर्ने अवस्था सिर्जना भएकोले प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघले पत्रकारको हक, हितका लागि समन्वय र सहकार्य गरेर कार्य गर्नुपर्नेमा उहाँहरुले जोड दिनुभएको थियो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *