भूकम्पबाट क्षेतिग्रस्त भएका विद्यालयहरुको पुनर्निर्माण कार्य अन्तिम चरणमा

२८ असार २०७८ ।
नेपाल भूकम्पीय उच्च जोखिममा रहेको छ । नेपाल भूकम्पीय जोखिमका हिसाबले हेर्ने हो भने विश्वमा ११ अ‍ैं स्थानमा रहेको छ । नेपालमा यसअघि पनि समय समयम भूकम्प गएको इतिहास छ ।
बि.सं.२०७२ साल वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्प र त्यसपश्चात्का पराकम्पहरुका कारण मुलुकमा धेरै धनजन तथा भौतिक संरचनाहरुमा क्षति भएको थियो भूकम्पले नेपालका ३१ जिल्लामा बढी क्षति पुर्याएको थियो ।
नेपालमा २०७२ साल वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पबाट ८ हजार ९ सय ७९ जनाको मृत्यु भएको थियो । २२ हजार ३ सय ९ जना घाइते भएका थिए । भूकम्पबाट व्यक्तिका निजी आवासमा पनि ठूलो मात्रामा क्षति पुगेको थियो ।
सार्वजनिक विद्यालयका भवनहरु, स्वास्थ्य संस्थाका भवनहरु, ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुमा पनि ठूलो मात्रामा क्षति पुगेको थियो ।
भूकम्पबाट क्षति भएका विद्यालयहरुको पुनर्निर्माण कार्य भूकम्पबाट अति प्रभावित १४ जिल्ला र कम प्रभवित १८ जिल्ला गरी ३२ जिल्लामा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले गर्दै आएको छ ।
प्राधिकरणले अधिकांश पुनर्निर्माण कार्य सम्पन्न गरेको छ ।
प्राधिकरणले विद्यालयहरुको पुनर्निर्माण कार्य गरिरहेको छ ।केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले भूकम्पबाट क्षति भएका विद्यालयहरुको पुनर्निर्माण गर्ने कार्य गरिरहेको छ ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले भूकम्पबाट क्षति भएका अधिकांश विद्यालयहरुको पुनर्निर्माण गर्ने कार्य सम्पन्न गरेको छ । बाँकी रहेका विद्यालयहरु मध्ये केहिको पुनर्निमाण कार्य हाल भैरहेको छ भने केहीको चाँडै निर्माण हुने क्रममा रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले जनाएको छ ।
काठमाडौं,ललितपुर,भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुंगा, नुवाकोट, रसुवा, धादिङ, गोरखा र मकवानपुर भूकम्पबाट अति प्रभावित जिल्लाहरु हुन् ।
त्यसैगरी चितवन, तनहु, नवलपरासी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, गुल्मी, म्याग्दी, पर्वत, बाग्लुङ, कास्की, लमजुङ, संखुवासभा, भोजपुर, धनकुटा, खोटाङ र सोलुखुम्बु भूकम्पबाट कम प्रभावित जिल्लाहरु हुन् ।
भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन २०७२ को दफा ४ ((१) अनुसार प्राधिकरणले कार्य गरिरहेको छ ।
प्राधिकरणले केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) माफत् भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरुको पुनर्निर्माण कार्य गरिरहेको छ ।
नेपालमा २०७२ सालमा गएको बिनाशकारी भूकम्पबाट ७ हजार ५ सय ५३ सार्वजनिक विद्यायहरु प्रभावित भएका थिए ।भुकम्पबाट क्षतिग्रस्त भएका विद्यालयहरुको पुनर्निर्माणको लागि २०७२ साल फागुन १७ गते तत्कालिन शिक्षा मन्त्रालय अन्तर्गत रहने गरी केन्दीय आयोजना कार्यान्वयन इकाई गठन भई विद्यालय पुनर्निर्माण कार्य शुरु गरिएको थियो ।
२०७२ पुस १२ गते रष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन पश्चात् केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले चार मोडेल मार्फत् शैक्षिक संस्थाहरुको पुनर्निर्माण कार्य अगाडि बढाएको थियो ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले हाल विकास साझेदार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरु, विद्यालय व्यवस्थापन समिति र निर्माण व्यवसायी मार्फत् भूकम्पबाट क्षति भएका विद्यालयहरुको पुनर्निर्माण कार्य गरिरहेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका भवन, विद्यालयहरु लगायत संरचनाहरुको पुनर्निर्माणको क्षेत्रमा हाल प्रभावकारी रुपले कार्य गरिरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली बताउनुहुन्छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त भएका विश्वविद्यालयका आंगिक क्याम्पसहरु र विद्यालय भवनहरुको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको भनाई छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरिरहेका, पुनर्निर्माण कार्य सम्पन्न भएका र पुनर्निर्माणको चरणमा रहेका विद्यालय, विश्वविद्यालय लगायतका संरचनाहरुको आगामी दिनमा उचित व्यवस्थापनका लागि प्राधिकरणले योजना बनाइरहेको छ ।
विद्यालयहरुको पुनर्निर्माण संगै आगामी दिनमा सामूदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तर बृद्धि हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली बताउनुहुन्छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षेतिग्रस्त संरचनाहरु र विद्यालयहरुको पुनिर्निर्माण कार्यलाई प्राथमिकता दिएर कार्य गरिरहेको प्राधिकरणका सह सचिव एवम् प्रवक्ता भगवान अर्याल बताउनुहुन्छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको दिर्घकालिन सोचका साथ कार्य पुनर्निर्माण कार्यलाई प्रभावकारी रुपमा गरिरहेको प्राधिकरणका सह सचिव एवम् प्रवक्ता अर्यालको भनाई छ ।
भूकम्पबाट क्षति भई हाल भएका पुनर्निर्माण कार्य सम्पन्न भएका विद्यालयहरु, पुनर्निर्माण भइरहेका र पुनर्निर्माणको चरणमा रहेका विद्यालय, विश्वविद्यालय लगायतका संरचनाहरुको आगामी दिनमा उचित व्यवस्थापन गर्ने योजना प्राधिकरणले बनाएको प्राधिकरणका सह सचिव एवम् प्रवक्ता अर्याल ।
२०७२ सालमा नेपालमा गएको बिनाशकारी भूकम्पबाट क्षति भएका विद्यालयहरुको पुनर्निमाण कार्य अन्तिम चरणमा पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक राम शरण सापकोटा बताउनुहुन्छ ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका आयोजना निर्देशक राम शरण सापकोटासंग शिक्षा मन्त्रालयमा पनि लामो समय सेवा गरेको अनुभव रहेको छ । भूकम्पबाट क्षति भएका विद्यालयहरुको पुनर्निर्माणका अधिकांश कामहरु सम्पन्न भएका छन । बाँकी केही सम्पन्न हुने चरणमा रहेका छन् । केहिमा काम भर्खरै शुरु भएको छ । भूकम्पबाट क्षेतिग्रस्त नभएका विभिन्न विद्यालयहरु पनि जिर्ण अवस्थामा पुगेका छन् । यी विद्यालयहरुलाई आगामी दिनमा व्यवस्थापन गर्नका लागि आफूहरुले योजना बनाइरहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक सापकोटाको भनाई छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समग्र स्रोत व्यवस्थापनलाई व्यवस्थित बनाएको प्राधिकरणका उप सचिव दीपक लामिछाने बताउनुहुन्छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) को समग्र आर्थिक व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख लेखा नियन्त्रक डिलाराम गिरी बताउनुहुन्छ ।
भूकम्पबाट क्षति भएका विद्यालयहरुको डिजाइन र मोडालिटी, अनुगमन, पुनर्निमाण भएका विद्यालयहरुको गुणस्तर, विद्यालयहरु पुनर्निर्माण हुँदा भवनलाई गुणस्तरीय बनाउनका लागि आफुहरुले अहोरात्र कार्य गरिरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना उप निर्देशक डा.युवराज पौडेलले बताउनुभएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) मा हाल भएको जनशक्तिको उचित व्यवस्थापन गरी कार्य प्रक्रियालाई सरल, सहज र प्रभावकारी बनाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का शाखा अधिकृत पूर्ण निधि शर्मा बताउनुहुन्छ ।
भूकम्पबाट क्षति भएका विद्यालयहरुको पुनर्निर्माणलाई गुणस्तरीय बनाउनका लागि आफूहरुले सक्दो पहल गरिरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)का इन्जिनियरहरु उद्धव नेपाल र निर्मलादेवी मैनाली बताउनुहुन्छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ललितपुर र काभ्रेपलाञ्चोकमा विद्यालय पुनर्निर्माणको क्षेत्रमा भैरहेका कार्यहरुलाई व्यवस्थित र प्रभावकारी बनाइएको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ललितपुरका इकाई प्रमुख भरत बहादुर श्रेष्ठ र जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) काभ्रेपलाञ्चोकका इकाई प्रमुख देव कुमार बरालले बताउनुभएको छ ।
नेपालमा २०७२ सालमा गएको बिनाशकारी भूकम्पबाट ७ हजार ५ सय ५३ विद्यालय र यी विद्यालयका ४५ हजार सय २ कक्षाकोठा क्षेतिगस्त भएका थिए । यसमध्ये हालसम्म ६ हजार ८५ वटा विद्यालयका ३१ हजार १ सय ९५ वटा कक्षाकोठाहरुको निर्माण कार्य सम्पन्न भएको छ ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का अनुसार भूकम्पबाट क्षतिग्रस्त भएका १ हजार ४ सय ६८ वटा विद्यालय र यी विद्यालयका १४ हजार ३ सय ७ वटा कक्षाकोठाको हाल निर्माण कार्य भैरहेको छ ।
भूकम्पबाट क्षतिग्रस्त भएका विद्यालयहरुको पुनर्निर्माणमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, प्रधानाध्यापकहरु, यस क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्थाहरु पनि लागिपरेका छन् । केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले भूकम्पबाट प्रभावित भएका ४ हजार ७ सय ३३ विद्यालयहरुको पुनर्निर्माण कार्य सम्पन्न गरेको छ । १ हजार ३ सय ७ विद्यालयहरु हाल निर्माणाधिन अवस्थामा रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले जनाएको छ ।
निर्माण व्यवसायीमार्फत् २ सय ७८ वटा विद्यालय भवनको निर्माण कार्य सम्पन्न भएको छ भने ३ सय ७ वटा विद्यालय भवनहरु निर्माणाधिन अवस्थामा रहेका छन् । १ सय ४५ वटा विद्यालय भवनहरु केही समय अघि मात्र निर्माण गर्न शुरु गरिएको छ ।
त्यसैगरी गैरसरकारी संस्था मार्फत् ६ सय २२ वटा विद्यालय भवनहरुको निर्माण कार्य सम्पन्न भएको छ भने १ सय ५३ वटा निर्माणाधिन अवस्थामा रहेका छन् । साथै १५ वटा विद्यालय भवनको निर्माण कार्य केही समय अघि बाट शुरु भएको छ ।
पुनर्निर्माणको चरणमा रहेका विद्यालय भवनहरुको निर्माण कार्य जतिसक्यो छिटो सम्पन्न गर्ने गरी कार्य भैरहेको प्राधिकरणले जनाएको छ ।
जिल्लामा अधिकांश विद्यालयका भवनहरुको पुनर्निमाण गरिसकिएको छ भने बाँकी रहेका केही विद्यालयहरुको पुनर्निमाण कार्य पनि चाडै सकिने केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले जनाएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पबाट क्षतिग्रस्त भएका विद्यालयहरुको पुनर्निर्माण कार्यलाई तिब्र र प्रभावकारी रुपमा सञ्चालन गरिरहेको कामाडौंको कागेश्वरी मनोहरा नगरपलिकाको थलिमा रहेको कान्ति भैरव माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ पुडासैनी, ललितपुरमा निर्माण सम्पन्न भएको श्री शान्ति विद्याश्रम माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव यादव र काभ्रेपलाञ्चोक जिल्लामा निर्माण सम्पन्न भएको श्री श्वेत गणेश आधारभूत विद्यालयका प्रधानाध्यापक इन्द्रलाल मानन्धरको भनाई छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले भूकम्पबाट क्षति भएका विद्यालयहरुको पुनर्निर्माणका लागि विधि सहितको योजना निर्माण गर्ने, प्रकोप प्रतिरोधी मापदण्डसहिको विद्यालय पुनर्निर्माण गर्ने, विद्यालय पुनर्निर्माणका लागि विकास साझेदार, गैरसरकारी संस्था तथा सरकारबीच समन्वयकारी भूमिका र त्यसको नेतृत्व गर्ने, संघीय सरकार र विकास साझेदार लगायत सरोकारवाला निकायहरुबीच भएका सम्झौता अनुसारका विद्यालय पुनर्निर्माण परियोजनाहरुको कार्यान्वयन तथा नेतृत्व गर्ने, विभिन्न जिल्लाहरुमा भइरहेका विद्यालय पुनर्निर्माण कार्यको गुणस्तरीयता प्रत्याभूत गर्न अनुगमन तथा सुपरिवेक्षण गर्ने लगायतका कार्यहरु केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले गर्दै आएको आयोजना निर्देशक राम शरण सापकोटाले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *