कागेश्वरी मनोहरा नगरपालिकाको कार्यपालिका बैठकमा चालु आ.ब.को समीक्षा

२८ असार २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाको नगर कार्यपालिका बैठक सम्पन्न भएको छ ।
नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा कार्यपालिका बैठक बसेको थियो ।
बैककमा नगरपालिकाले चालु आ.व.२०७७।०७८ मा गरेका कार्यहरुको समीक्षा गरिएको
नगर प्रमुख थापाले जानकारी दिनुभयो ।
कागेश्वरी मनोहरा नगरपालिकाको नगर कार्यपालिका बैठक चालु आ.व.२०७७।०७८ मा २२ पटक बसेको छ ।
बैठकमा नगरपालिकाले सञ्चालन गरिरहेका पूर्वाधार विकास, सामाजिक विकास लगायत समग्र कामहरुको समीक्षा गरिएको नगर प्रमुख थापाले जानकारी दिनुभयो ।
नगर प्रमुख थापा निर्वाचित भए देखि नैं नगरको विकास र समृद्धिका लागि सक्रिय भएर लाग्नुभएको छ ।
निर्वाचनमा गरेका प्रतिबद्धता बमोजिम आफूले कार्य गरिरहेको नगर प्रमुख थापाले बताउनुभएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाले स्वास्थ्य सेवालाई सरल, सहज र प्रभावकारी बनाई नगरबासीलाई छिटो, छरितो र प्रभावकारी रुपले स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको नगर प्रमुख थापा बताउनुहुन्छ ।
बैठकमा उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञावली, नगर प्रवक्ता राजाराम पुडासैनी लगायत वडा अध्यक्षहरु र नगर कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *