कागेश्वरी मनोहराका मेयर थापाद्धारा फलफुलको बिरुवा बितरण

२ साउन २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले वडा नं.४ मा फलफुलको बिरुवा बितरण गर्नुभएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं.४ को सहयोगमा मिसन ग्रिन नेपाल बहुउद्देश्यीय नर्सरीले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख थापाले वडाबासी नगरबासीहरुलाई फलफुलको बिरुवा बितरण गर्नुभएको थियो ।
सो अवसरमा नगर प्रमुख थापाले नगरपालिकालाई स्वच्छ, सफा र हरभरा बनाउन आफू लागिपरेको बताउदै वतावरण संरक्षणका लागि घर घरमा बिरुवा रोप्न नगरबासीहरुलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, वडा अध्यक्ष भाइकाजी अधिकारी लगायत वडाबासी नगरबासीहरुको सहभागिता रहेको थियो ।
नगरपालिकाको समग्र विकास र समृद्धिका लागि नगर प्रमुख थापा अहोरात्र सक्रिय भएर लाग्नुभएको छ ।
नगर प्रमुख थापाले नगरका टोल टोलमा भएका विकास निर्माणका कामहरुको नियमित रुपमा अनुगमन गरिरहनुभएको छ ।
नगर प्रमुख थापाले नगरका टोल टोलमा भएका विकास निर्माणका कामहरुलाई तिब्र र प्रभावकारी बनाउनका लागि नियमित रुपमा अनुगमन गर्न टोल टोलमा मेयर कार्यक्रम सञ्चालन गरिरहनुभएको छ ।
नगर प्रमुख थापा गत बर्षदेखी नगरका टोल टोलमा विकास निर्माणको कामको अनुगमनमा नियमित रुपमा जाने गर्नुभएको छ ।     

Leave a Reply

Your email address will not be published. Required fields are marked *