कागेश्वरी मनोहराका मेयर थापा नगरका टोल टोलमा

२ साउन २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा नगरपालिकाको समग्र विकास र समृद्धिका लागि सक्रिय भएर लाग्नुभएको छ ।
नगर प्रमुख थापाले नगरका टोल टोलमा भएका विकास निर्माणका कामहरुको नियमित रुपमा अनुगमन गरिरहनुभएको छ ।
नगर प्रमुख थापाले नगरका टोल टोलमा भएका विकास निर्माणका कामहरुलाई तिब्र र प्रभावकारी बनाउनका लागि नियमित रुपमा अनुगमन गर्न टोल टोलमा मेयर कार्यक्रम सञ्चालन गरिरहनुभएको छ ।
टोल टोलमा मेयर कार्यक्रम अन्तर्गत आज नगर प्रमुख थापाले कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आलापोटमा भएका विकास निर्माणका कामहरुको सम्बन्धमा वडाबासीहरुसंग छलफल गर्नुभएको छ ।
नगर प्रमुख थापाले अड्डापार्टीबाट कगेश्वरी धाम जाने निर्माण सम्पन्न ५ सय सिढीको पनि अनुगमन गर्नुभएको थियो ।
अनुगमनमा नगर प्रमुख कृष्णहरि थापाका साथै २ नं.वडाका जनप्रतिनिधिहरु र टोलबासी नगरबसीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *