कागेश्वरी मनोहराका मेयर थापा ३ नं.वडाका टोल टोलमा

३ साउन २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापा नगरपालिकाको समग्र विकास र समृद्धिका लागि सक्रिय भएर लाग्नुभएको छ ।
नगर प्रमुख थापाले नगरपालिकाका १ देखी ९ नं. वडाका विभिन्न टोल टोलमा भएका विकास निर्माणका कामहरुको नियमित रुपमा अनुगमन गरिरहनुभएको छ ।
नगर प्रमुख थापाले वडाका टोल टोलमा भएका विकास निर्माणका कामहरुलाई तिब्र र प्रभावकारी बनाउनका लागि नियमित रुपमा अनुगमन गर्न टोल टोलमा मेयर कार्यक्रम गत बर्षदेखी नियमित रुपमा सञ्चालन गरिरहनुभएको छ ।
टोल टोलमा मेयर कार्यक्रम अन्तर्गत आज नगर प्रमुख थापाले कागेश्वरी मनोहरा नगरपालिका वडा नं.३ मा भएका विकास निर्माणका कामहरुको अनुगमन गरी वडाबासीहरुसंग विकास निर्माणका सम्बन्धमा छलफल गर्नुभएको छ ।
नगर प्रमुख थापाले हिजो वडा नं.२ र अस्ति वडा नं.१ मा भएका विकास निर्माणका कामहरुको अनुगमन गरी विकास निर्माणका सम्बन्धमा वडाबासी नगरबासीहरुसंग छलफल गर्नुभएको थियो ।
अनुगमनमा नगर प्रमुख कृष्णहरि थापाका साथै सम्बन्धित वडाका जनप्रतिनिधिहरु र टोलबासी नगरबसीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *