कांग्रेस कागेश्वरी मनोहरा ७ को क्रियाशिल सदस्यहरुको भेला सम्पन्न

५ साउन २०७८ ।
नेपाली कांग्रेस कागेश्वरी मनोहरा वडा नं.७ का क्रियाशिल सदस्यहरुको भेला आज सम्पन्न भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय संगठन विभागका केन्द्रीय सदस्य शंकर थापाको प्रमुख आतिथ्यतामा
सो भेला सम्पन्न भएको थियो ।
भेलामा नेपाली कांग्रेस केन्द्रीय संगठन विभागका केन्द्रीय सदस्य शंकर थापाले कांग्रेसको महाधिवेशनमा सक्रिय भएर लाग्न क्रियाशिल सदस्यहरुलाई आग्रह गर्नुहुदै वडास्तरबाटै प्रजातान्त्रिक प्रक्रियाबाट सक्षम नेतृत्व चयन गर्नु आजको आवश्यक्ता भएको बताउनुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगर समितिका सचिव विश्वनाथ खनाल, काठमाडौं क्षेत्र नं.२ का क्षेत्रिय सचिव समेत रहनुभएका ७ नं. वडा सदस्य शर्मिला कार्की थापा, ७ नं.वडाका सदस्यहरु सहदेव कार्की, लक्ष्मण पुरी, कांग्रेस ७ नं.वडा सभापति भिम थापा, वडा सभापतिका दाबेदार रञ्जन न्यौपाने, उपसभापतिका दाबेदार भगवान कार्की, कांग्रेस ७ नं. का नेता सहकुल थापा, कांग्रेस ७ नं.वडा कार्य समितिका सचिव केदार घिमिरे लगायतले महाधिवेशनलाई सफल पार्न आफूहरुले सक्दो पहल गरिरहेको बताउदै वडामा सहमतिबाट नेतृत्व चयन गर्न आफूहरु प्रयासरत रहेको बताउनुभएको थियो ।
भेलामा नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य केदार दाहाल लगायतले वडा, नगर, जिल्ला र केन्द्रको महाधिवेशनमा सबै युवाहरु सक्रिय भएर लाग्नुपर्ने बताउनुभएको थियो ।
भेलामा नेपाली कांग्रेस काठमाडौंको सभापतिका लागि तयारी गर्नुभएका काठमाडौं क्षेत्र नं. २ का सभापति उपेन्द्र कार्कीलाई काठमाडौंको सभापतिमा जिताउनका लागि आफूहरुले सक्दो पहल गर्ने भेलामा सहभागीहरुले बताउनुभएको थियो ।
भेलामा नेपाली कांग्रेसका नेताहरु श्याम कार्की, हरिभक्त न्यौपाने, कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ का सदस्य अंजना बिशुंखे लगायत ७ नं. वडाका क्रियाशिल सदस्यहरुको सहभागिता रहेको थियो ।      

Leave a Reply

Your email address will not be published. Required fields are marked *