नेकपा एमाले काठमाडौं क्षेत्र नं.१० को कार्यकर्ता भेला सम्पन्न

६ साउन २०७८ ।

नेकपा एमाले काठमाडौं क्षेत्र नं. १० को कार्यकर्ता भेला सम्पन्न भएको छ ।
एमाले केन्द्रीय सदस्य एवम् सांसद तथा एमाले काठमाडौंका अध्यक्ष कृष्ण राईको प्रमुख आतिथ्यतामा सो कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको एमाले काठमाडौं क्षेत्र नं.१० का संयोजक हरिभक्त महर्जनले जानकारी दिनुभयो ।
कार्यक्रममा एमाले काठमाडौंका सदस्यहरु राम शरण आले, गुञ्जमानसिंह बस्नेत, शम्भुराम महर्जन, शरब कुमार महर्जन, बिन्दु महर्जन, चन्द्रागिरि, कीर्तिपुर र दक्षिणकाली नगर कमिटीका अध्यक्षहरु लगायत पदाधिकारी तथा सदस्यहरु, वडा समितिका अध्यक्ष लगायत पदाधिकारी तथा सदस्यहरु, युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान संघ लगायत १० नं.क्षेत्रका एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
एमाले काठमाडौं क्षेत्र नं.१० का संयोजक हरिभक्त महर्जनको अध्यक्षतामा सम्पन्न सो भेलामा सहभागीहरुले सिद्धान्तको लागि जीवन होइन, जीवनको लागि सिद्धान्त हो, नेकपा एमाले जिन्दावाद, जनताको बहदलीय जनवाद जिन्दावाद लगायत सुखी नेपाली समृद्ध नेपालको अभियानलाई सफल पार्न सिंगो एमालेबीचको एकतालाई अझ बढि मजबूत बनाएर कार्य गर्नुपर्ने बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *