उद्घोषण तथा माइन्यूट लेखन तालिम गोठाटारमा आजबाट शुरु

६ साउन २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ गोठाटारमा उद्घोषण तथा माइन्यूट लेखन तालिम आजबाट शुरु भएको छ ।
सो तालिमको आज नगर प्रमुख कृष्णहरि थापाले गोठाटारमा उद्घाटन गर्नुभयो ।
सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुँदै नगर प्रमुख थापाले महिला, बालबालिका, जेष्ठ नागरिक लगायत लक्षित बर्गका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा नगरपालिका लागिपरेको बताउदै तालिमबाट सिकेको सिपलाई व्यवहारमा लागु गर्न तालिमका सहभागिहरुलाई आग्रह गर्नुभएको थियो ।
नगरपालिकाको समग्र विकास र समृद्धिका लागि आफू लगायत नगरका जनप्रतिनिधिहरु लागिपरेको बताउदै नगर प्रमुख थापाले नगरको विकास र समद्धिका लागि आगामी दिनमा थप सक्रिय भएर लाग्न नगरबासीहरुलाई आग्रह पनि गर्नुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा ९ का अध्यक्ष कुन्दन खड्का, नगर कार्यपालिका सदस्य कला घिमिरे, वडा सदस्यहरु रामहरी गौतम, डोलनाथ पोखरेल र तारा पुर्कुर्टी लगायत तालिममा सहभागी वडाबासीहरुको सहभागिता रहेको थियो ।
तालिम यहि साउन १६ गते समापन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *