पशुबली निषेधका लागि चेतनाभूलक अभियान सम्पन्न

असोज ७, काठमाडौं ।
पशुबली निषेधका लागि चेतनामूलक अभियान अन्तर्गत काठमाडैंमा शान्ति शोभा यात्रा गरिएको छ ।
काठमाडौंको ठमेलबाट शुरु भएको सो शान्ति सोभायात्रा, ठहिटी, ज्याठा, असन, भोटाहिटी हुँदै रत्नपार्कमा आएर कोण सभामा परिणत भएको थियो ।
सो कोण सभालार्य सम्बोधन गर्दै बरिष्ठ संस्कृतिविद तथा पशुबली निषेद अभियानका अभियन्ता डा. गोविन्द टण्डनले आफुले आज भन्दा १७ वर्ष अघि यो अभियान शुरु गर्दा आम जनताको सहभागिता कम रहे पनि अहिले आएर यो अभियानले हजारौं जनाको साथ पाएको स्मरण गर्दै शास्त्रमा कुनै पनि धर्ममा पशुबली उल्लेख नभएको बताउनु भयो ।
यसैगरी सोहि कोण सभालाई सम्बोधन गर्दै श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका अध्यक्ष नमराज ढकालले धर्मको नाममा मन्दिरमा दिइने बलि प्रथा गलत भएको बताउँदै श्रीलंकामा पनि हाल आएर मन्दिरमा बलि प्रथा गर्नलाई रोक लगाइएको बताउनु भयो ।
धर्म तथा पशुवली प्रथा विरुद्ध आम जनसमुदायलाई सचेत गराउन र जीवनको महत्व बुझाउन साथै हिंसा द्धन्द जस्ता नकारात्मक सोचलाई परिबर्तन गराउन जन मानसमा चेतना फैलाउन जरुरी भएकाले यसखालको चेतना अभियान शुरु गरिएको पशुवली निषेध चेतना अभियानका संयोजक मातृका प्याकुरेलले जानकारी दिनुभयो ।
श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको सक्रियतामा भएको सो पशुबली निषेध अभियानमा कबिर पन्थी नेपाल, ओशो बालुवाटार लगायत दजनौं संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
“शाकाहरी बनौं, पशुहत्या महा अपराध हो, पशुपक्षीको बली महाअपराध हो । यसको परित्याग गरौं, शुद्ध आहार शुद्ध विचार, रुखमा फलेको खाने गरौं लगायतका प्लेकार्ड बोकेर सो शान्ति शोभायात्रामा सहभागीहरु सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *