कागेश्वरी मनोहराको गोठाटारमा बृक्षारोपण

९ साउन २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाकाको गोठाटारमा बृक्षारोपण गरिएको छ ।
एकीकृत काँडाघारी सेवा समाजको आयोजनामा भएको सो बृक्षारोपण कार्यक्रमको नगर प्रमुख कृष्णहरि थापाले आज उद्घाटन गर्नुभयो ।
सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुँदै नगर प्रमुख थापाले नगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउन आफू लगायत नगरका सम्पूर्ण जनप्रतिनिधिहरु लागिपरेको बताउदै नगरलाई हरियाली र समृद्ध बनाउन आफूले हरसंभव प्रयास गरिरहेको बताउनुभएको थियो ।
नगरलाई हरियाली बनाउने अभियानमा लाग्न सम्पूर्ण नगरबासीहरुलाई नगर प्रमुख थापाले आग्रह पनि गर्नुभएको छ ।
सो बृक्षारोपण कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं.९ का वडा अध्यक्ष कुन्दन खड्का, नगर कार्यपालिका सदस्य कला घिमिरे, वडा सदस्यहरु डोलनाथ पोखरेल र रामहरि गौतम लगायत जनप्रतिनिधिहरु र नगरबासीहरुको सहभागिता रहेको थियो ।
कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारस्थित महान्टार चोक र सो बाट पश्चिमतिरको सडक किनारामा बृक्षारोपण गरिएको वडा सदस्य डोलनाथ पोखरेलले जानकारी दिनुभयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *