चन्द्रागिरि नगरपालिकालाई आयुर्वेद अनुसन्धान केन्द्रको रुपमा विकास गरिने

२३ चैत्र २०७८ ।
चन्द्रागिरि नगरपालिकालाई आयुर्वेद अनुसन्धान केन्द्रको रुपमा विकास गरिने भएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नं. ८ मातातिर्थमा नवनिर्मित आयुर्वेद औषधालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई संबोधन नगर प्रमुख घनश्याम गिरीले सो कुरा बताउनुभएको हो । सो अवसरमा नगर प्रमुख गिरीले आयुर्वेद अनुसन्धान केन्द्रका लागि नगरपालिकाले जग्गा उपलब्ध गराउने लगायत आवश्यक सहजिकरण गर्न तयार रहेको बताउदै आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा.बासुदेव उपाध्याय लगायत सरोकारवाला निकायहरुलाई आग्रह पनि गर्नुभएको थियो ।
चन्द्रागिरि नगरपालिका वडा नं. ८ मातातिर्थमा मातातिर्थ आयुर्वेद औषधालयको नवनिर्मित भवन तथा सेवा शुभारम्भ कार्यक्रमको नगर प्रमुख गिरी र उपप्रमुख लिशा नकर्मीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहदै नगर प्रमुख गिरीले चन्द्रागिरी नगरपालिका सबै नगरबासीहरुलाई सरल, सहज र प्रभावकारी रुपले स्वास्थ्य सेवा प्रदान गर्न लागिपरेको बताउदै नगरको समग्र विकास र समृद्धिका लागि नगरपालिका अहोरात्र लागिपरेको बताउनुभएको थियो ।
शिक्षा, स्वास्थ्य, फोहरमैला व्यवस्थापन, वातावरण संरक्षण, शहरीकरण व्यवस्थापन, कृषिको आधुनिकीकरण लगायत नगरबासीहरुसंग प्रत्यक्ष सरोकार राख्ने योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिएर नगरपालिकाले कार्य गरिरहेको बताउदै नगर प्रमुख घनश्याम गिरीले नगरलाई नेपालकै नमूना र समृद्ध नगरपालिका बनाउन आफू लगायत नगरका सम्पूर्ण जनप्रतिनिधिहरु लागिपरेको पनि बताउनुभएको थियो ।
चन्द्रागिरि नगरपालिकाका उपप्रमुख लिशा नकर्मीले नगरपालिकाको समग्र विकास र समृद्धिका लागि नगरका सम्पूर्ण जनप्रतिनिधिहरु एकताबद्ध भएर लागेको बताउदै स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले विशेष प्राथमिकता दिएर कार्य गरिरहेको बताउनुभएको थियो ।
आयुर्वेदलाई जीवन पद्धतिसंग जोड्नुपर्नेमा जोड दिदै उपप्रमुख लिशा नकर्मीले मातातिर्थ आयुर्वेद औषधालयबाट उपलब्ध सेवा लिन नगरबासीहरुलाई आग्रह पनि गर्नुभएको थियो ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगर प्रवक्ता हरिभक्त महर्जनले वर्तमान अवस्थामा आयुर्वेद चिकित्सा सबैको लागि अत्यावश्यक भैसकेकोले आयुर्वेद चिकित्सालाई नगरपालिकाले विशेष प्राथमिकता दिएर कार्य गरिरहेको बताउदै नगरको समग्र विकास र समृद्धिका नगरपालिका लागिपरेको बताउनुभएको थियो ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिका सामाजिक विकास समितिका सभापति समेत रहनुभएका वडा नं.८ का वडा अध्यक्ष सन्तोष खड्काले वडा कार्यालय लगायत समग्र नगरपालिका नगरबासीहरुलाई सरल, सहज र प्रभावकारी रुपले स्वास्थ्य सेवा उपलब्ध गराउन प्रयासरत रहेको बताउदै आयुर्वेद औषधालयबाट सेवा लिन वडाबासी लगायत सम्पूर्ण नगरबासीहरुलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. बासुदेव उपाध्याय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आयुर्बेद बिशेषज्ञ डा.बाबुराजा अमात्य, नेपाल आयुर्वेद काउन्सील अध्यक्ष डा.सन्तोष कुमार ठाकुर, चन्द्रागिरि नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राममणी घिमिरे र चन्द्रागिरि नगरपालिकाको मातातिर्थ आयुर्वेद औषधालय प्रमुख नारायण प्रसाद आचार्यले आयुर्वेद औषधालय स्थापना, नवनिर्मित भवन निर्माण गर्दा भएका प्रयासहरु लगायतका बारेमा जानकारी गराउनुहुदै आयुर्वेदलाई जीवन पद्धतिसंग जोड्नुपर्ने बताउर्दै चन्द्रागिरीमा आयुर्वेद अनुसन्धान अनुसन्धान केन्द्र स्थापनाका लागि आवश्यक पहल गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिहरु, चन्द्रागिरी नगरपालिकाका प्रशासन प्रमुख नविन खालिङ लगायत विभिन्न शाखाका कर्मचारीहरु, वडा कार्यालयका कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु नगरबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।