नेकपा एकीकृत समाजवादी कागेश्वरीका अध्यक्ष थापालाई पितृ शोक

२१ वैशाख २०७९ ।

नेकपा एकीकृत समाजवादी कागेश्वरी मनोहरा नगर कमिटिका अध्यक्ष राजन थापालाई पितृ शोक परेको छ ।
थापाका बुबा विष्णु बहादुर थापाको ७४ बर्षको उमेरमा यही बैशाख १९ गते निधन भएको हो ।
स्वर्गिय थापा दम रोगबाट लामो समयदेखी पिडित हुनुहुन्थ्यो ।
थापाको निधनमा एकीकृत समाजवादी कागेश्वरी मनोहरा नगर कमिटीले गहिरो दुःख व्यक्त गर्दै स्वर्गिय थापाप्रति श्रदाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदन व्यक्त गरेको छ ।
थापाको निधनमा स्थानीय सरोकार मिडियाले पनि गहिरो दुःख व्यक्त गर्दै स्वर्गिय थापाप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदन व्यक्त गरेको छ ।
स्वर्गिय थापाका २ छोराहरु हुनुहुन्छ । जेठा राजन थापा र कान्छो राजु थापा । थापाका ४ छोरीहरु हुनुहुन्छ ।
स्वर्गिय विष्णु बहादुर थापा विगत लामो समयदेखी स्थानीयस्तरमा समाजसेवाको क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो ।