पर्यटन र कृषि क्षेत्रको विकासमा नगरपालिका सक्रिय ःनगर प्रमुख श्रेष्ठ

१७ अशोज काठमाडौं ।
काठमाडौंको शंखरापुर नगरपालिकाले पर्यटन र कृषि क्षेत्रको विकासका लागि सक्रिय भएर लागेको छ । नगरपालिकाले यसका लागि आवश्यक कार्य समेत शुरु गरिसकेको नगर प्रमुख सुबर्ण श्रेष्ठले बताउनुभएको छ ।
काठमाडौं महानगरपालिकाद्धारा सञ्चालित मेट्रो एफ.एम.९४.६ मेगाहर्जको कार्यक्रम स्थानीय आवाज संगको कुराकानीमा उहाँले सो कुरा बताउनुभएको हो ।
सडकबाटो निर्माण, सुशासन, पूर्वाधार विकास, आर्थिक विकास, बजार व्यवस्थापन, धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको संरक्षण र भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका कामहरुलाई पनि प्राथमिकता दिएर नगरपालिकाले कार्य गरिरहेको प्रमुख श्रेष्ठले बताउनुभएको छ ।
शंखरापुर नगरपालिकाले नगरको समग्र विकासका लागि दिर्घकालिन सोचका साथ काम गरिरहेको उल्लेख गर्दै नगर प्रमुख श्रेष्ठले रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, लगायतका क्षेत्रको विकास र प्रवद्र्धनका लागि पनि आफूले कार्य गरिरहेको बताउनुभयो ।
महिला, बालबालिका र जेष्ठ नागरिकहरुको हक हितका लागि नगरपालिकाले कार्य गरिरहेको पनि उहाँले बताउनुभयो ।
नगरबासीको माग र चाहना बमोजिमका योजनाहरुलाई प्राथमिकता दिएर नगरपालिकाले कार्य गरिरहेको उल्लेख गर्दै नगर प्रमुख श्रेष्ठले नगरपालिकाभित्र भएको सार्वजनिक प्रति जग्गाको संरक्षणका लागि पनि नगरपालिकाले पहल गरिरहेको बताउनुभयो ।
स्थानीय तहमा काम गर्नका लागि कर्मचारीहरुलाई अझबढि दक्ष बनाउनुपर्नेमा जोड दिदै स्थानीय तहबाट प्रदान गरिने सेवा प्रवाहलाई छिटो छरितो र प्रभावकारी बनाउन छिटो भन्दो छिटो जनशक्तिको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाइएको पनि बताउनुभयो ।
नगरको समग्र विकासका लागि प्राथमिकताको आधारमा योजनाहरु छनोट गरी कार्यान्वयन शुरु गरिएको उहाँको भनाई थियो ।
काठमाडौं महानगरपालिकाले शुरु गरेको नगर नगर साँझेदारी कार्यक्रमले काठमाडौं जिल्लाको समग्र विकासमा महत्वपूर्ण सहयोग पुर्याउने उल्लेख गर्दै शंखरापुर नगरपालिकाका प्रमुख सुबर्ण श्रेष्ठले नगरपालिकाभित्र हुने कामहरुलाई एकरुपता दिनका लागि समन्वय भैरहेको पनि बताउनुभयो ।
काठमाडौं महानगरपालिकाद्धारा सञ्चालित मेट्रो एफ.एम. ९४.६ मेगाहर्जको कार्यक्रम स्थानीय आवाज प्रत्येक हप्ताको सोमवार र विहिवार साँझ ६ः३० बजेदेखि ७ः०० बजेसम्म नियमित रुपमा प्रशारण हुँदै आएको छ । कार्यक्रम स्थानीय आवाजमा काठमाडौं महानगरपालिकाले गरिरहेका कामहरु, स्थानीय तह सम्बन्धी भएका गतिविधिहरु लगायत काठमाडौंको एकीकृत विकास, सहरीकरण व्यवस्थापन, वातावरण संरक्षण, सेवा प्रवाह र स्थानीय कला संस्कृतिको संरक्षण तथा संवद्र्धनका क्षेत्रमा भैरहेका कामहरुको सम्बन्धमा स्थानीय तहका जनप्रतिनिधिहरु तथा विज्ञहरुसंग कुराकानी गर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *