टोखामा भूमिगत कालको अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न

१३ भदौ २०७८ ।
टोखामा भूमिगत कालको अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
टोखा नगरपालिकाका उपप्रमुख एवम् नेकपा एमालेकी नेतृ ज्ञानमाया डंगोलको व्यवस्थापनमा भूमिगत पालामा सक्रिय महिलाहरुको सहभागितामा अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको थियो ।
भूमिगतकालमा सक्रिय नानीमैयाँ श्रेष्ठ, रत्न कुमारी श्रेष्ठ, सन्त कुमारी श्रेष्ठ र सुकुमाया श्रेष्ठले भेला अयोजना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
कार्यक्रममा भूमिगत कालमा सक्रिय महिलाहरुले आफ्नो भूमिगत कालको अनुभव आदान प्रदान गर्नुभएको थियो ।
भेलामा ४४ बर्षिय श्रीमाया डंगोल देखी ७७ बर्षिया द्यचा डंगोल सहभागी हुनुभएको थियो ।
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य पनी भूमिगत कालमा टोखामा बस्नुभएको थियो ।
भेलाले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएकोमा अष्टलक्ष्मी शाक्यलाई बधाई ज्ञापन गरेको टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले बताउनुभयो ।
भेलामा सहभागीहरुलाई उपप्रमुख डंगोलले धन्यवाद दिदै भूमिगत कालको अनुभव आदान प्रदानले पार्टीको संगठन निर्माण र व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुर्याउने बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *