कागेश्वरी मनोहराका मेयर थापाद्धारा शिव मन्दिरको शिलान्यास

१४ भदौ २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले गोठाटारमा निर्माण हुन लागेको शिव मन्दिरको शिलान्यास गर्नुभएको छ ।
गोठाटारमा आज भएको कार्यक्रममा नगर प्रमुख थापाले सो मन्दिरको शिलान्यास गर्नुभएको थियो ।
सो अवसरमा नगर प्रमुख थापाले धार्मिक क्षेत्रको संरक्षण र प्रबद्र्धनका लागि नगरपालिकाले आवश्यक कार्य गरिरहेको बताउनुभएको थियो ।
तोकिएकै समयमा मन्दिर निर्माण कार्य सम्पन्न गर्न नगर प्रमुख थापाले सरोकारवालाहरुलाई आग्रह पनि गर्नुभएको थियो ।
कार्यक्रममा कगेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, वडा नं.८ का अध्यक्ष श्रीकृष्ण प्रसाद चापागाई, वडा सदस्य अष्टलाल श्रेष्ठ लगायत गोठाटारका बासिन्दाहरुको सहभागिता रहेको थियो ।     

Leave a Reply

Your email address will not be published. Required fields are marked *