बालश्रम मुक्त घोषणा सम्बन्धी अभिमुखीकरण कार्यक्रम कागेश्वरी मनोहरामा सम्पन्न

१६ भदौ २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकामा बालश्रम मुक्त घोषणा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा नगर प्रमुख थापाले नगरलाई बालश्रम मुक्त घोषणाका लागि आवश्यक कार्य गरिरहेको बताउदै अभिमुखीकरण कार्यक्रमले नगरपालिकालाई बालश्रम घोषणा गर्न महत्वपूर्ण सहयोग पुग्ने बताउनुभएको थियो ।
नगरपालिका बालबालिकाको हक, अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउदै नगर प्रमुख थापाले वडा कार्यालयहरुमार्फत् वडा वडामा बालबालिकाको हक अधिकार सम्बन्धी कार्यहरु सञ्चालन भैरहेको बताउनुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु पुडासैनी सिम्खडाले महिला, बालबालिका लगायत लक्षित बगृको हक हितका लागि नगरपालिकाले कार्य गरिरहेको बताउदै नगरपालिकाले लक्षित बर्गका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिएको बताउनुभएको थियो ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह सचिव विनोद प्रकाश सिंहले मन्त्रालयले बालश्रममुक्त स्थानीय तह घोषणाका लागि स्थानीय तहहरुसंग समन्वय गरेर कार्य गरिरहेको बताउदै सबै जनप्रतिनिधिहरुलाई बालश्रम मुक्त स्थानीय तह घोषणाका लागि सक्रिय भएर लाग्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञवाली, नगर प्रवक्ता राजाराम पुडासैनी, वडा नं.१ का अध्यक्ष मुकुन्द प्रसाद गजुरेल, २ नं. वडाका अध्यक्ष सुदर्शन धिमाल, ३ नं. वडाका अध्यक्ष राममणी पुडासैनी, ४ नं.वडाका अध्यक्ष भाइकाजी अधिकारी, ६ नं. वडाका अध्यक्ष प्रकाश फुयाँल, ७ नं.वडाका अध्यक्ष जीवन थापा, ८ नं.वडाका अध्यक्ष श्रीकृष्ण प्रसाद चापागाई र ९ नं.वडाका कार्यबाहक वडा अध्यक्ष रामहरी गौतम, स्वास्थ्य शाखा प्रमुख कुमारसिंह डाँगी, स्वास्थ्य अधिकृत लक्ष्मी कोइराला लगायत श्रम मन्न्त्रालय र नगरपालिकाका कर्मचाीरीहरुको सहभागिता रहेको कागेश्वरी मनोहरा नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखाका प्रमुख अनिता तामाङले जानकारी दिनुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा बाल बिकास समाज र वल्ड भिजन इन्टरनेशनलको सहयोगमा कागेश्वरी मनोहरा नगरपालिकाले बालश्रम मुक्त घोषणा सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा बालश्रम मुक्त घोषणाको समग्र प्रक्रियाका सम्बन्धमा छलफल भएको कागेश्वरी मनोहरा नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखाका प्रमुख अनिता तामाङले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *