कागेश्वरी मनोहराद्धारा महिला स्वास्थ्य स्वयमसेविका सम्मानित

१९ भदौ २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरेको छ ।
कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख कृष्णहरि थापाले नगरपालिकामा कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वम्सेविकाहरुलाई सम्मान गर्नुभएको स्वास्थ्य अधिकृत लक्ष्मी कोइरालाले जानकारी दिनुभयो ।
सो अवसरमा नगर प्रमुख थापाले नगरबासीहरुलाई स्वास्थ्य सेवा प्रवाह गर्न महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुको महत्वपूर्ण भूमिका रहेको बताउदै नगरपालिकामा सञ्चालित स्वास्थ्य संस्थाहरुको व्यवस्थापन र स्वास्थ्य क्षेत्रमा सञ्चालित कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा महिला सामुदायिक स्वास्थ्य स्वमसेविकाहरुको उल्लेखनीय भूमिका रहेको बताउनुभएको थियो ।
नवशिशु मृत्युदर, बालमृत्युदर र मातृ मृत्युदर घटाउन पनि महिला सामुदायिक स्वास्थ्य स्वमसेविकाहरुको महत्वपूर्ण भूमिका रहेको नगर प्रमुख थापाले बताउनुभएको स्वास्थ्य अधिकृत लक्ष्मी कोइरालाले जानकारी दिनुभयो ।
कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु पुडासैनी सिम्खडाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगर प्रमुख थापाले महिला सामुदायिक स्वास्थ्य स्वमसेविकाहरुलाई यातायात खर्च र संचार खर्च पनि प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञवाली, नगर प्रवक्ता राजाराम पुडासैनी, वडा नं.१ का वडा अध्यक्ष मुकुन्द गजुरेल, नगर कार्यपालिका सदस्य कला घिमिरे लगायत जनप्रतिनिधिहरु, स्वास्थ्य शाखाका कर्मचारीहरु र नगरपालिकामा कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वमसेविकाहरुको सहभागिता रहेको थियो ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *