कागेश्वरी मनोहराका मेयर थापा विकास निर्माणको अनुगमनमा

२५ भदौ २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले नगरपालिकामा भैरहेका विकास निर्माणका कामहरुको नियमित रुपमा अनुगमन गरिरहनुभएको छ ।
नगर प्रमुख थापाले नगरका विभिन्न वडाहरुमा भैरहेका विकास निर्माणका कामहरुको नियमित रुपमा अनुगमन गरी विकास निर्माणका कामहरुलाई गुणस्तरिय बनाउन लगिपर्नुभएको छ ।
नगर प्रमुख थापा समग्र नगरको समग्र विकास र समृद्धिका लागि निर्वाचित भएदेखी नैं सक्रिय रुपमा लागिपर्नुभएको छ ।
नगर प्रमुख थापाले टोल टोलमा मेयर कार्यक्रम शुरु गरेर नगरका टोल टोलमा भएका विकास निर्माणका कामहरुको पनि नियमित रुपमा अनुगमन गरिरहनुभएको छ ।
नगर प्रमुख थापाले आज वडा नं. २ मा हाल निर्माण भैरहेको भैरब मन्दिर सामुदायिक भवनको अनुगमन गर्नुभएको छ ।
त्यसैगरी नगर प्रमुख कृष्णहरि थापाले आजै नगरको वडा नं.२ मा कृष्णचौर, बस्नेत गाउँ सडक निर्माण कार्यको अनुगमन गरी ढल व्यवस्थापनको सम्बन्धमा स्थानीय बासिन्दाहरुसंग छलफल गर्नुभएको छ ।
अनुगमनमा नगर प्रमुख थापासंगै नगरपालिका ईन्जिनियर सन्देश ढकाल लगायत नगरबासीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *