काठमाडौं महानगरपालिका र चीनको चन्चाउ शहरबीच मितेरी सम्बन्ध स्थापना

२५ भाद्र २०७८ ।
काठमाडौं महानगरपालिका र चीनको चन्चाउ शहरबीच मितरी सम्बन्ध स्थापना भएको छ ।
युनाइटेड सिटिज अफ लोकल गभमेन्ट (UCLG) को काठमाडौंमा भएको आठौं कंग्रेसमा काठमाडौं महानगरपालिका र चीनको चन्चाउ शहरबीच मितरी सम्बन्ध स्थापना गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौं महानगरपालिका र चीनको चन्चाउ शहरबीच मितरी सम्बन्ध स्थापना गर्ने सम्बन्धी सम्झौता पत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र चीनको चन्चाउ शहरका मेयरले हस्ताक्षर गर्नुभएको थियो ।
सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले मितेरी सम्बन्ध स्थापनापछी काठमाडौं महानगरपालिका र चीनको चन्चाउ शहरबीच पर्यटन प्रवद्र्धन, सम्पदा संरक्षण लगायतका क्षेत्रमा भएका कार्यहरुको अनुभव आदानप्रदान गरिने बताउदै दुई शहरको बीचमा समन्वय गरेर कार्य गर्न सहयोग पुग्ने बताउनुभएको थियो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले विश्वभरका शहरहरुलाई व्यवस्थित, सवल र प्रभावकारी बनाउन UCLG ले महत्वपूर्ण सहयोग पुर्याइरहेको बताउदै काठमाडौं महानगरपालिका UCLG मा सक्रिय रुपमा सहभागी भैरहेको बताउनुभएको थियो ।
युनाइटेड सिटिज अफ लोकल गभमेन्ट (UCLG) को काठमाडौंमा सम्पन्न आठौं कंग्रेसमा एकीकृत स्थानीय सरकार र शहरहरुको विश्वव्यापी संस्था UCLG ASPAC को ८ औं कार्यकारी समितिको सम्मेलन र परिषदको बैठक तथा ९ वटा बिबिध शहरी विकासका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सवालहरुमा छलफल भएको UCLG का अध्यक्ष एवम् नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठले जानकारी दिनुभयो ।
सम्मेलनमा स्थानीय सरकारले कोभिड नियन्त्रणमा खेलेको भूमिकाको प्रशंशा गरिएको थियो । विश्वका २ लाख ४० हजार शहरहरु युनाइटेड सिटिज अफ लोकल गभमेन्ट (UCLG) मा आबद्ध रहेका छन् ।
नेपालका नेपाल नगरपालिका संघ, जिल्ला समन्वय समिति महासंघ, गाउँपालिका राष्ट्रिय महासंघ, काठमाडौं महानगरपालिका, धरान उपमहानगरपालिका, ब्याँस नगरपालिका लगायतका १० वटा स्थानीय सरकारहरु युनाइटेड सिटिज अफ लोकल गभमेन्ट (UCLG) का सदस्य रहेको नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले जानकारी दिनुभयो ।
सम्मेलनमा स्थानीय सरकारको भूमिका, कोभिडमा स्थानीय सरकारले खेलेको भूमिका, शहरहरुको दिर्घकालिन विकासका लागि गर्नुपर्ने कार्यहरु, व्यवस्थित शहरीकरणका लागि अपनाउनुपर्ने रणनीतिहरु, स्मार्ट सिटी बनाउनका लागि गर्नुपर्ने कार्यहरु लगायत स्थानीय सरकारहरुको सवलीकरण, क्षमता विकास लगायत स्थानीय सरकारहरुको समग्र अवस्था र आगामी दिनमा गर्नुपर्ने कार्यहरुको सम्बन्धमा छलफल भएको युनाइटेड सिटिज अफ लोकल गभमेन्ट (UCLG) का अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठले बताउनुभयो ।विश्वभरका नगरपालिकाहरुको छाता संगठन युनाइटेड सिटिज अफ लोकल गभमेन्ट (UCLG) को आठौं कंग्रेसमा भएको छलफल, गरेका निर्णयहरु लगायत समग्र स्थानीय सरकारका विविध पक्षहरुको सम्बन्धमा जानकारी दिनुहुदै युनाइटेड सिटिज अफ लोकल गभमेन्ट (UCLG) का
यही भाद्र २२, २३ र २४ गते काठमाडौंमा भएको सो सम्मेलनमा ९ सय मेयर र उपमेयर लगायत शहरी विज्ञ र अन्तर्राष्ट्रिय विकास साझेदार लगायत विश्व बैंक, एशियाली विकास बैंक, संयुक्त राष्ट्र संघ लगायतका संस्थाका प्रतिनिधिहरुको भर्चुअल र प्रत्यक्ष उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *