अन्तर नगरस्तरीय मैत्रीपूर्ण फुटसल प्रतियोगिता काठमाडौंमा सम्पन्न

२६ भदौ २०७८ ।
अन्तर नगरस्तरीय मैत्रीपूर्ण फुटसल प्रतियोगिता काठमाडौंमा सम्पन्न भएको छ ।
टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिकामा कार्यरत कर्मचारीहरुको सहभागितामा सो अन्तर नगरस्तरीय मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको थियो ।
तारकेश्वर नगरपालिकाको आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको थियो ।
सो फुटसल प्रतियोगितामा टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिकामा कार्यरत कर्मचारीहरुले भाग लिई प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा चन्द्रागिरि नगरपालिका प्रथम, कीर्तिपुर नगरपालिका दोस्रो र टोखा नगरपालिका तेस्रो भएका थिए । तारकेश्वर नगरपालिका चौथो भएको थियो ।
कार्यक्रममा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले कर्मचारीबीच आपसी भाइचारा कायम गर्ने र आपसी समन्वय कायम गरी नगर नगरबीच काम गर्न खेलकूद प्रतियोगिताले महत्वपूर्ण सहयोग पुर्याउने बताउनुभएको थियो ।
कार्यक्रममा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी, तारकेश्वर नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहरा र टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्यले यस्ता फुटसल प्रतियोगिताले कर्मचारीबीच आपसी भाइचारा र मित्रताको सम्बन्ध कायम गरी आगामी दिनमा नगर नगरबीच हुने कामहरुलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभएको थियो ।
कार्यक्रममा टोखा नगरपालिकाका नगर प्रमुख अधिकारी, तारकेश्वर नगरपालिकाका नगर प्रमुख बोहरा र टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यले नगर क्षेत्रमा खेलकूद क्षेत्रको विकास र बिस्तारका लागि नगरपालिकाले आवश्यक कार्य गरिरहेको बताउदै आगामी दिनमा पनी खेलकूद क्षेत्रलाई नगरपालिकाले प्राथमिकता दिने बताउनुभएको थियो ।
सो प्रतियोगितामा सहभागी टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिकाका खेलाडी कर्मचारीहरुले नगर क्षेत्रमा खेलकूद क्षेत्रको विकास र बिस्तारका लागि नगरस्तरीय प्रतियोगिताले महत्वपूर्ण सहयोग पुर्याउने बताउदै नगरपालिकामा कार्यरत कर्मचारीहरुबीच चिनजान र आपसी सम्बन्ध बिस्तारमा यस्ता प्रतियोगिताले सहयोग पुर्याउने बताउनुभएको थियो । कार्यक्रममा टोखा नगरपालिकाका वडा अध्यक्ष नरोत्तम राना लगायत टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *