कागेश्वरी मनोहरा नगरपालिकाद्धारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण

२७ भदौ २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ ।
राष्ट्रिय बाल दिवसको अवसरमा कागेश्वरी मनोहरा नगरपालिका महिला, बालबालिका तथा समाज कल्याण शाखाले आयोजना गरेको शैक्षिक सहयोग तथा शुभकामना आदान प्रदान कार्यक्रममा नगर प्रमुख कृष्णहरि थापाले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्नुभएको थियो ।
सो कार्यक्रमको उद्घाटन नगर प्रमुख थापाले गर्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख थापा संगै उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, नगर प्रवक्ता राजाराम पुडासैनी र वडा नं.१ का वडा अध्यक्ष मुकुन्द प्रसाद गजुरेल पनि शैक्षिक सामाग्री बितरण गर्नुभएको थियो ।
सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै नगर प्रमुख थापाले बालबालिकाको हक, अधिकार सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउदै बालबालिकाको शैक्षिक विकासका लागि नगरपालिकाले शैक्षिक सामाग्री सहयोग गरेको बताउनुभएको थियो ।
कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु पुडासैनी सिम्खडाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगर प्रवक्ता राजाराम पुडासैनी, वडा नं.१ का वडा अध्यक्ष मुकुन्द प्रसाद गजुरेल लगायत शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको कागेश्वरी मनोहरा नगरपालिका महिला, बालबालिका तथा समाज कल्याण शाखाका प्रमुख अनिता तामाङले जानकारी दिनुभयो ।
कार्यक्रम कगेश्वरी मनोहरा नगरपालिका वडा नं.१ मा रहेको बाल उद्धार माध्यमिक विद्यालयमा सम्पन्न भएको थियो ।

यस बर्ष यहि भदौ २९ गते मनाइने राष्ट्रिय बाल दिवसको नारा सामान्य अवस्था वा कोभिड महामारी ः बाल अधिकारको संरक्षण हाम्रो जिम्मेवारी रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *