कागेश्वरी मनोहरा नगरपालिकामा क्षयरोग निवारण कार्यक्रमको समीक्षा

२८ भदौ २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकामा गत आर्थिक बर्ष २०७७,०७८ मा संचालित क्षयरोग नियन्त्रण कार्यक्रमको समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाले आज आयोजना गरेको आर्थिक बर्ष २०७७,०७८ को तेस्रो चौमासिकमा ४२ जना नयाँ क्षयरोगका बिरामी पत्ता लागेको स्वास्थ्य सह संयोजक लक्ष्मी कोइरालाले जानकारी दिनुभयो ।
क्षयरोगका बिरामीहरुले हाल नगरपालिकाले संचालन गरेका स्वास्थ्य संस्थाहरुबाट निशुल्क रुपमा औषधी खाइरहेको पनी कोइरालाले जानकारी दिनुभयो ।
बैठकमा कागेश्वरी मनोहरा नगरपालिकामा गत आर्थिक बर्ष २०७७,०७८ मा संचालित क्षयरोग नियन्त्रण कार्यक्रमको समीक्षा गरिएको कोइरालाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *